भर्खरै त्रिशुलीमा ट्रक खस्यो !

समाचार

मुग्लिन–नौबिसे सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ४ पर्ने घोप्टे भिरबाट ट्रक त्रिशुली नदि किनारामा खसेको छ । आज साँझ भारतिय नम्वर प्लेटको टिएन २३ सिसि ९०८२ नम्वरको ट्रक खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

दुर्घटनमा एक जना घाइते भएका छन । उनको स्थानिय मेडिकलमा उपचार भइरहको छ ।उता पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।बस सडकबाट २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले बताए ।

बुटवलबाट नारायणगढ आउँदै गरेको ना ५ ख ७००० नम्बरको बस आफै अनियन्त्रित भई खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी घाइतेमध्ये अहिलेसम्म १३ जना पुरुष, १२ जना महिला र ६ जना बालबालिका गरी ३१ जनाको उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आइपुगेको छैन । बसमा कति जना सवार रहेको यकिन नभएको र अहिले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।दाउन्नेको सडक निक्कै विग्रिएका कारण पछिल्लो समय सो क्षेत्रमा दुर्घटना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *