कोहलपुर दु’र्घटना अपडेट : ५ को मृ’त्यु

समाचार

कोहलपुरमा शुक्रबार बेलुका भएको दुर्घ’टनामा ५ जनाको मृ’त्यु भएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला नजिकै यात्रुबहाक बस र टिप्पर एकआपसमा ठो’क्कीदा ५ जनाको मृ’त्यु भएको हो ।

बेलुका सवा ६ बजेको समयमा सुर्खेतबाट धरानतर्फ हिडेको मे१ख ३३४७ नम्बरको बस र सम्शेरन्जबाट कोहलपुर तर्फ आउँदै गरेको टिप्पर एक आपसमा ठो’क्कीएका थिए ।

दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याएलगत्तै मृ’त्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।

खनालका अनुसार दु’र्घटनास्थलबाट ४७ जना घाईतेको उ’द्धार गरीएको छ । उद्धा’र गरीएकामध्ये ७ जनाको अवस्था ग’म्भीर रहेको छ । घा’ईतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ ।

दु’र्घटनामा घा’ईते भएका ब्यक्तिहरुको उद्धारकालागि २ वटा क्रेन र ३ वटा स्काभेटर प्रयोग गर्नुपरेको खनालले बताए । पुर्णरुपमा क्ष’तीग्रस्त बस र टिप्परभित्र रहेका घा’ईतेहरुको उ’द्धारकालागि ठुलो सँख्यामा जनपथ प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना परिचालन गरीएको थियो । २ घ’ण्टाको प्रयासपछि सबै घाईतेको उ’द्धार गर्न सफल भएको खनालले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *