उच्च हिमाली भेग पुगेका प्रचण्डलाई अचानक के भयो ? मेडिसिटी अस्पताल भर्ना

समाचार

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्वास्थ्य समस्या भएको छ । पार्टी कार्यक्रममा सहभागी हुने क्रममा देशका विभिन्न स्थानमा दौडधुप गरेपछि ‘प्रचण्ड’लाई स्वास्थ्य समस्या भएको हो । अहिले उनी मेडिसिटी अस्पतालमा उपचाररत छन्। र क्त चाप बढेपछि उनी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।

प्रचण्डकी छोरी गंगा दाहालका अनुसार कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरको विभिन्न कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण प्रचण्डलाई र क्त चाप बढ्न गएको हो ।

उनका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालका अनुसार अहिले अवस्था सामान्य भइसकेको छ। तर चिकित्सकका सल्लाहअनुसार केही घण्टा आराम गराई डिस्चार्ज गरिनेछ।

शनिबार साँझ गंगा दाहालले भनेकी छन्, ‘कर्णाली प्रदेशका उच्च हिमाली क्षेत्रदेखि पूर्वी पहाडी जिल्ला भोजपुरका विभिन्न कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउने क्रममा भएको धपेडी र चापका कारण अध्यक्ष कमरेड प्रचण्डलाई सामान्य रक्तचाप बढ्न गएको हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *