तस्वीरमा हेर्नुहोस् कलाकारहरुको लक्ष्मीपूजा

Rochak

तस्वीरमा हेर्नुहोस् कलाकारहरुको लक्ष्मीपूजा

काठमाडौं। आज उज्यालोको दिन अर्थात लक्ष्मीपूजा । धनन्यायकी देवी लक्ष्मीको आज घर–घरमा पूजा गरिएको छ । घरका विभिन्न स्थानमा सरसफाई गर्दै आज लक्ष्मीपूजा गरिएको छ । नेपाली कला क्षेत्रका कलाकारहरुले पनि आज लक्ष्मीपूजा सम्पन्न गरेका छन् । लक्ष्मीपूजा गर्दै गर्दा कलाकारहरु निक्कै खुशी देखिएका थिए।

निरन्तर काम गर्दा थकित भएका कलाकारहरुका लागि तिहारमा आराम गर्ने समय समेत मिल्छ । अर्कोतिर, झिलिमिली बत्तीले मनमा पोजिटिभ तरंग उत्पन्न हुने कलाकारहरु बताउँछन् । नायिकाहरु करिश्मा मानन्धर, रेखा थापा, स्वेता खड्का, केकी अधिकारी, अदिती वुढाथोकी, वर्षा सिवाकोटीदेखि मोडल उषा उप्रेती, आश्मा विश्वकर्मा लगायतले पनि लक्ष्मीपूजालाई हर्षोउल्लासको साथमा मनाएका छन्।

यस्तै, पूर्व मिस नेपाल अश्मी श्रेष्ठले पनि लक्ष्मीपूजा गरेको तस्वीर सामाजिक संजालमा पोष्ट गरेकी छिन् । यी बाहेक नेपाली चलचित्रका कलाकार, म्यूजिक भिडियोका मोडलदेखि गायक–गायिकाहरुले पनि धुमधामसँग लक्ष्मीपूजा गरेका छन्।

हेर्नुहोस तस्विरहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *