लोकल र’क्सी पो’ख्ने विदेशी दलाल हुन् : पूर्वमन्त्री उषाकला राई

समाचार

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा लोकल म’दि’रा पोखेर न’ष्ट गरेको घटनाप्रति ‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता एवं पूर्वमन्त्री उषाकला राईले विरोध जनाएकी छन् ।

इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक प्रमोद कार्की नेतृत्वको प्रहरीले १५ कात्तिकमा ८० लिटर म’दि’रा र २०० लिटर कच्चा प’दा’र्थ ब’रा’म’द गरेर जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयको रोहवरमा पोखेर न’ष्ट गरिएको केही दिनपछि एमाले नेतृ राईले विरोध जनाएकी हुन् ।

‘ब्यान्ड भर्सेस ब्राण्ड’की अभियन्ता राईले बुधबार सामाजिक सञ्जालमार्फत घरेलु र’क्सी पो’ख्ने जनप्रतिनिधि र प्रहरीलाई ‘विदेशी दलाल र साम्राज्यवादका मतियार’ भनेकी छन् । घरेलु र’क्सी’लाई झैं विदेशी र’क्सीलाई पो’खेर देखाउन उनको चुनौती छ ।

प्रदेश नम्बर १ की पूर्वसामाजिक विकास मन्त्री राईले लोकल र’क्सी पोख्नेलाई जनता समक्ष माफ माग्न भनेकी छन् । ‘विडम्बना ! उत्सवमा विदेशी बि’यर र र’क्सी चियर्स गर्ने र आफ्नो उत्पादन माटोमा पोख्ने कुरामा बहादुरी देख्ने संस्कारको अन्त्य भएन । गरिबको श्रम, सिप र सम्पत्ती माटोमा पोख्दै हिँडेर खै के उँभो लाग्छौं र हामी ! हाम्रो संस्कृति, हाम्रो सम्पत्ति, हाम्रो उत्पादनको विकास नगरी देश बन्दैन ।’

गरिब जनताको हात हातमा पैसा पठाउन कोदोको लोकल र’क्सीलाई ब्यान्ड नभई ब्राण्ड बनाउने कार्यक्रम आफूले सुरु गरेको उनले बताइन् । ‘लोकल र’क्सी पोखेर फेरी ठूलो बहादुरी देखाएछन् साथीहरूले ! यसको घोर भर्त्सना गर्दछु । घोर आ’पत्ति जनाउँछु,’ राईले लेखेकी छन्,, ‘गरिबलाई हेप्नेलाई चुनौती दिन्छु, ए विदेशी दलाल हो ! ए, साम्राज्यवादका मतियार हो ! आँखा गरिबको उत्पादनमा होइन, बिदेसी बहुराष्ट्रिय कम्पनीबाट बनेका ह्विस्की, र’म र बि’यरमा लगाऊ ! सक्छौ भने विदेशी र’क्सी पोखेर देखाऊ ! विदेशी र’क्सी नेपाल भित्र्याउन प्रतिबन्ध लगाएर देखाऊ !’

नेतृ राईले ‘ब्यान्ड भर्सेस ब्राण्ड’को अभियान पुरा गरेर देखाउन सरकार समक्ष आग्रह गरेकी छन् । हलेसीबजारमा लोकल र’क्सी पोख्ने कार्यमा सहभागी वडाध्यक्ष चइन्द्र राई, प्रहरीलगायतको चौतर्फी आ’लोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *