यी रोगहरुबाट बचाउने गाईको गहुतका आश्चर्यजनक फाईदा

Rochak

हिन्दु धर्म अनुसार गाईको गहुँत अत्यन्तै पवित्र र राम्रो वस्तुको रुपमा व्याख्या गरिन्छ मानिसहरुलाई पवित्र बनाउन तथा विभिन्न धार्मिक कामहरु गर्नको लागि गाईको गहुँत अनिवार्य प्रयोग गरिन्छ ।पर्दाका विशेष धार्मिक कामकाजमा गाईको गहुँत अनिवार्य छ अनादिकालदेखि गाई र गाईको गहुँतलाई यसरी प्रयोग गरिदैं आइएको भएपनि यसको महत्व बारे हामी अझै जानकार छैनौं अब जानौं यसको वैज्ञानकि आधार के छ ?

गाईको गहुत शुद्धताको प्रतिक हो , यो हाम्रो धार्मिक विश्वास पनि हो गहुत खादाँ बेफाईदा होइन फाइदा हुने वैज्ञानिकहरु बताउँछन् अमेरिकामा गाईको गहुँत बारे शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ अहिले गौमुत्रको प्रयोग गरि बनाइएका औषधीहरु प्रयोगमा आइरहेका छन् ।

भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको पेटेन्ट राइट लिएको छ वैज्ञानिहरुले गोबरमाथि अनुसन्धान गरी क्षयरोग र मलेरियाका कीटाणुलाई मार्ने क्षमता हुन्छ, भन्ने प्रमाणित गरेका छन् ।गाईको गहुँत र गोबरबाट बनेको प्राङ्गारिक मल हाली गरिएको खेतीबाट तरकारी तथा फलफुलमा विभिन्न खालका देखिएका समस्या हल गरिएको छ युरोप र अमेरिकालगायत अन्य शहरमा गाईको गोबर र गहुँतको प्रयोग गरि अग्रानिक खेती गर्ने क्रम बढ्न थालेको छ ।

वैदिक सनातन धर्मावलम्बीले किन गाईको पूजा गरेर गाईको गहुँत, गोबर र दूधलाई पवित्र मानेका रहेछन् भन्ने कुरा अहिले वैज्ञानिकले अनुसन्धान गर्न थालेको छन् ऋषिमुनिले अध्ययन अनुसन्धानबाट प्रमाणित गरेर नै यी कुरालाई पवित्र मानेका थिए यस विषयमा वैज्ञानिकले अहिलेमात्र अध्ययन तथा अनुसन्धान गर्दैछन् ।

केही नभएर स्थानीय जातको गाईको गहुँतलाई प्रशोधन गरेर बनाइएको अर्क थियो अर्क खान थालेपछि ग्याष्ट्रिक लगायतका पेटका समस्या निको भएको बताइन्छ गाईको दूधमा ओमेगा ३ नामक तत्व पाइन्छ यसले स्मरण शक्ति बढाउने र सेरी ब्रोसाइड नामक तत्वले कुनै पनि खालका क्यान्सर हुन दिँदैन गाईको गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन एण्टी क्यान्सर ड्रग हो यसले क्यान्सर रोग लाग्नबाट समेत बचाउँछ गहुँतमा अन्य २४ तत्व पाइने र यसले मानव शरीरका सम्पूर्ण आवश्यक्ता पूर्ति गरी निरोगी बन्न सहयोग पुर्याउँछ ।

यसैगरी सत्ययुगमा धपधपी बल्ने विश्वास गरिएका शिवजीका बाह्र लिंग नेपालमा फेला परेका छन् । नेपाली १२ ज्योतिर्लिंग दर्शनार्थ भारतका विभिन्न स्थानमा धाउँदै आएका छन् भगवान् शिव (शंकर) का साक्षात् अवतार भएकाले ज्योतिर्लिंगको दर्शन र पूजाआजाले पुण्य प्राप्ति हुने शास्त्रमा उल्लेख छ। १२ ज्योतिर्लिंगको दर्शन र पूजाआजा गर्दा तत्कालीन राजालगायतले पाएका फलबारे १२ वटै कथा पनि शास्त्रमा वर्णन गरिएका छन्।

नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले स्कन्द पुराणको मानस खण्ड, हिमाद्री बराह पुराण र शिव पुराण अध्ययन गरी ०७२ कात्तिकदेखि हालसम्म स्थलगत अवलोकनबाट नेपालमै १२ ज्योतिर्लिंग रहेको तथ्य पहिलोपटक पत्ता लगाएका हुन्। उनका अनुसार दार्चुलामा मल्लिकार्जुन, दार्चुलाकै नाघुमा नागेश्वर, महाकाली नदीतटमा विश्वनाथ, महाकाली र सरयू नदीतटमा रामेश्वरम्, बैतडीको रावलाद्री पर्वतमा केदारनाथ, अछामको साफेबगरमा वैद्यनाथ, मुस्ताङको शालग्राम क्षेत्रमा सोमनाथ, कौशिकी नदीको तट दोलखामा भीमाशंकर, खोटाङ रेवा नदीतटमा ओमकारेश्वर, सिन्धुलीको गौतमी नदीतटमा त्र्यम्बकेश्वर, तमोरी (ताप्लेजुङ) र काबेली (पाँचथर) नदीको संगमको गुफामा महाकालेश्वर र हिमालयबाट प्रकट भएको घुस्मा नदीतट (खोजी भइरहेको) मा घुस्मेश्वर ज्योतिर्लिंग फेला परेका हुन्।

भारतको उत्तराखण्डमा केदारनाथ, उत्तरप्रदेशको विश्वनाथ, झारखण्डको वैद्यनाथ, मध्यप्रदेशको ओमकारेश्वर र महाकालेश्वर, महाराष्ट्रको घुस्मेश्वर, त्र्यम्बकेश्वर र भीमाशंकर, गुजरातमा नागेश्वर र सोमनाथ, तमिलनाडुमा रामेश्वरम् र आन्ध्र प्रदेशमा मल्लिकार्जुन गरी १२ ज्योतिर्लिंग स्थापित रहेको मानिन्छ। प्राचीनकालदेखि अस्तित्वमा रहेका १२ ज्योतिर्लिंग विभिन्न कालखण्डमा पुनःस्थापन गरिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *