पोखरामा स्कुल बसबाट ख’सेर ८ वर्षीय विद्यार्थी मृत्यु

समाचार

पोखरामा स्कुल बसबाट ख’से’र एक विद्यार्थीको मृत्यु भएको छ । पोखराको हेमजास्थित ज्ञानसागर एकेडेमी स्कूल बसबाट ख’से’र ग’म्भिर घाइते भएका विद्यार्थीको उपचारका क्रममा मृत्यु भएको हो ।

ज्ञानसागर एकेडेमी स्कूलको ना १ क २३७३ नम्बरको बसको ढोकाबाट ख’से’र गम्भिर घाइते भएका युकेजीमा अध्ययनरत ८ वर्षीय विद्यार्थी रोमन तामाङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी टाउको र शरीरका विभिन्न भागमा चो’ट ला’गेका तामाङको उपचार क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरीले धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ४७ वर्षीय बस चालक सानो कान्छा थापालाई पक्राउ गरेको छ । चालकलाई सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी हमालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *