मध्यरातमा श्रीमानसँग झगडा भएपछि राप्ती नदीमा हा’म फा’लि’न दीपाले

समाचार

बाँकेमा घरायसी विवाद हुदा एक महिलाले आफ्नो ज्या’न फा’लेकी छन् । श्रीमानसँग विवाद भएपछि मध्यरात राप्ती नदीमा हेलिएकी छन्। जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं. ३ की २० वर्षीया दीपा थारुले २३ वर्षीय श्रीमान जोगिराम थारुसँग विवाद भएपछि मंगलबार रातको २ बजे राप्ती नदीमा हा’म फा’लेर दे’ह’त्या’ग ग’रे’की छिन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले श्रीमान जोगिरामसँग सामान्य विवाद भएपछि दीपा मध्यरातमै घरबाट निस्किएर करिब तीन किलोमिटर उत्तरको राप्ती नदीमा पुगेर हा’म फा’ले’र दे’ह’त्या’ग गरेको भनेर निवेदन दिएको बताए।

‘दीपाले बिहान करिब २ बजेतिर राप्ती नदीको सिधनियाँ घाट पुलबाट दे’ह’त्या’ग ग’रे’को भन्ने कुरा आएको छ,’ डिएसपी न्यौपानेले भने, ‘दीपाको शव मंगलबार बिहान सवा १० बजेतिर घटनास्थलनजिकै फेला परेको हो।’

दीपाको शव पो’ष्ट’मा’र्टमको लागि अस्पताल लगिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दीपाका श्रीमान जोगिरामलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

‘श्रीमान जोगिरामले सामान्य विवादपछि श्रीमती मध्यरातमा एक्लै राप्ती नदीको पुलमा पुगेको र फोन गरेर आफू त्यहाँ पुग्दा झनै उत्तेजित भएर हा’ म फा’ले’को भन्ने कुरा गर्नु भएको छ,’ एसपी अधिकारीले भने,‘जोगिरामले केही आशंकायुक्त कुरा गरेको हुँदा अनुसन्धानका लागि हामीले उहाँलाई नियन्त्रणमा लिएका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *