आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई संक्रमण विरुद्धको खोप दिइने

समाचार

काठमाडौं । काठमाडौं जिल्लामा आजबाट १८ वर्षमाथिका सबै नागरिकलाई संक्रमण विरुद्धको खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार तीन दिनसम्म चल्ने खोप कार्यक्रममा १८ वर्षमाथिका सबै नागरिकलाई भेरोसेल खोपको पहिलो डोज दिइनेछ ।

खोप प्रदान गर्न काठमाडौंका ११ वटै पालिका र सात अस्पतालमा केन्द्र तोकिएको छ । खोप लिनेले अनिवार्य अनलाइन फारम भर्नुपर्ने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

काठमाडौंका विर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसुती गृह, विरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल पानीपोखरी र सशष्त्र प्रहरी अस्पताल बलम्बुमा खोप केन्द्र तोकिएको छ ।

त्यस्तै, धरानमा असोज ११ र १२ गते कोरोना विरुद्धको पहिलो मात्रा चिनियाँ भेरोसेल खोप लगाइने भएको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार भेरोसेल खोपको पहिलो मात्रा ४५ वर्ष देखि माथिकालाई लगाइने भएको हो ।

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले असोज ११ गते वडा नं. १ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. २ सिंहदेवि मन्दिर, वडा नं. ३ भानु स्मृति मावि, वडा नं. ४ पुरानो ४ नम्बर वडा कार्यालय, वडा नं. ५ पाँचकन्या स्वास्थ्य चौकी, वडा नं. ६ रेडक्रस भवन पानवारी, वडा नं. ७ सिद्धि नेवा परिषद भवन, वडा नं. ८ वडा कार्यालय, वडा नं. ९ समिट स्कुल, वडा नं. १० किरात राई यायोख्खा भवनमा भेरोसेल खोप लगाइने जानकारी दिए ।

असोज १२ गते वडा नं. ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १२ धरान स्वास्थ्य चौकी छाताचौक, वडा नं. १३ आधारभूत स्वास्थ्य सेवा केन्द्र, वडा नं. १४ दन्तकाली मावि विजयपुर, वडा नं. १५ पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, वडा नं. १६ शारदा बालिका मावि, वडा नं. १७ पञ्चकन्या मावि रेल्वे, वडा नं. १८ वडा कार्यालय, वडा नं. १९ वडा कार्यालय, वडा नं. २० विष्णुपादुका स्वास्थ्य चौकीमा लगाइने उनले बताए । खोप लगाउन आउँदा आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर आउन पनि धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *