संसारकै एक मात्र सुनै सुनले बनेको यो हिन्दु मन्दिर, जुन बनाउन ७ वर्ष लागेको थियो

धर्म / संस्कृत

काठमाडौं – विश्वमा धेरै देशमा विभिन्न भगवानका मन्दिरहरु रहेका छन् । विभिन्न कला प्रयोग गरी फरक फरक डिजाइनमा मन्दिरहरु बनाइएको छ । यस्तै भारतमा एक मन्दिर छ, जुन सुनै सुनले बनेको छ ।

भारतको तामिललाडुमा रहेको यो सुनै सुनको मन्दिरमा धेरै भक्तजन प्रार्थना गर्न आउने गर्छन् । महालक्ष्मीको यो मिन्दर निकै चर्चित पनि छ । मन्दिरको बाहिर सरोवर रहको छ । भक्तजनहरु नदिमा नुहाउन पनि आउछन् ।

भारतिय मिडियाका अनुसार २००७ मा बनेको यो मन्दिर बनाउन १५ हजार किलो सुनको प्रयोग गरिएको छ । यो मन्दिर बनाउन ३ सय करोड लागेको पनि बताइएको छ । सुनै सुनले बनेको यो मन्दिरलाई संसारकै एक मात्र मानिन्छ । सुनै सुनले बनेको यो मन्दिर १०० एकड क्षेत्रफलमा फैलिएको छ ।

यो मन्दिरको निर्माण गर्न करीव ७ वर्ष लागेको थियो । यहाँ दर्शन गर्न आउँदा लुंगी, सर्ट पेन्टस्, मिडि, नाइटी, बरमुडा लगाएर पाइदैन । यो मन्दिरको सुरक्षाको लागि २४ घण्टा पुलिस र सुरक्षा गार्ड बस्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *