दूध पुर्‍याउन हिंडेकी एक १८ वर्षीया युवती मृत्त अबस्थामा फेला, घटनास्थलमा भेटिए यस्ता संकास्पद बस्तु

समाचार

असोज । ताप्लेजुङमा घरबाट दूध पुर्‍याउन हिंडेकी एक १८ वर्षीया युवती मृत्त भेटिएकी छिन् । भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत एक युवती मृत भेटिएकी हुन् । फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई फुङलिङ नगरपालिका–६ बिहीबारे बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान मृत भेटिएकी हुन् ।

दूध पुर्‍याउन दोखुबाट सदरमुकाम फुङलिङ आउँदै गरेका स्थानीयले युवती भीरमा ल’डे’को देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादवका अनुसार उनको शव फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरको फेदमा थियो । ‘करिब सय मिटरमाथि अग्लो पहरो भएको ठाउँबाट तल झरेको देखिएको छ,’ प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले भने, ‘उनको ज्याकेट पहरोमा ड्किएको र घटनास्थलमा मेटासिटको बोतल भेटिएको छ ।’

मेटासिटको गन्ध आएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले ज्याकेट र बोतल बरामद गरेको हो । झरेको ठाउँ कतै माडिएको अवस्थामा पनि भेटिएको प्रहरीले जनाएको छ । शरीरभरि चो’ट’प’टक रहेको उनी बिहीबार राति १२ बजेसम्म घरमै रहेको परिवारले बताएका छन् । दिदीहरूसँगै बस्दै आएकी उनको देह’त्याग हो या कर्तव्य भन्ने विषय अनुसन्धान भइरहेको यादव बताउँछन् । ‘अब पो’स्ट’मार्टम रिपोर्ट पनि आउँछ र हामी कल डिटेल पनि हेर्छौं,’ यादवले भने, ‘तीन / चार दिनमा विस्तृत विवरण प्राप्त हुन्छ ।’ उनको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *