यस्ता छोरा जसले एक वर्ष सम्म आमाको शव जतनले घरमै लुकाएर पेन्सनको पैसा बुझ्दै गए

समाचार

काठमाडौं । मानिसलाई पैसाले के सम्म बनाउँछ । अस्ट्रियामा एक व्यक्तिले आमाको शवलाई घरमा जतनका साथ लुकाएर आमाको पेन्सनवाट आउने पैसा बुझ्दै गएको खुलासा भएको छ । एक वर्ष सम्म यो प्रकृया चलिरह्यो ।

उनकी ८९ वर्षीया आमाको निधन गत वर्षको जुनमा भएको थियो । तर त्यसको खबर उनले सरकारी अधिकारीहरुलाई गरेनन् । छोराको उमेर पनि ६६ वर्ष भैसकेको थियो । उनी कमाउने सक्ने अवस्थाका थिएनन् । ती व्यक्तिले घरको भूमिगत कोठामा आमाको शवलाई लुकाएर राखेको त्यहाँको प्रहरीले जनाएको छ।

कसैले यसको शंका नपाउन र उनले दु र्ग न्ध पनि नआओस् भनेर शवलाई कपडाले बे री बरफले छोपेर राख्ने गरेका थिए। एक वर्ष अवधिमा ती व्यक्तिले आमाको पेन्सनबापत झन्डै ५० हजार युरो लिएका छन्।

ती पेन्सन पाउने महिलालाई उनले सुविधाबापत प्राप्त गर्ने रकम हस्तान्तरण गर्ने नयाँ हुलाकीले प्रत्यक्ष भेट्न खोज्दा छोराले भेट गराउन नमानेपछि शंका लागेर खोज तलास गर्दा यस्तो रहस्य खुलेको हो ।

प्रहरी अधिकारीका अनुसार ती व्यक्तिले आफ्नो ग ल्ती स्वीकार गरिसकेका छन्। ‘ती व्यक्तिको अन्य आम्दानीको स्रोत छैन र उनले आफूले आमाको मृत्युबारे अधिकारीहरूलाई जानकारी गराएको भए उनले पाउने गरेको सुविधाको रकम तत्काल बन्द हुने थियो।’ पैसा अभावमा आफूहरू बस्दै आएको घरसमेत जोगाउन नसक्ने ती व्यक्तिले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *