अब मोबाइलको भिडियोमा मात्रै बो’ल्नेछन् भर्खर हिड्न थालेका उनका छोराछोरी

समाचार

काठमाडौं: मादी नगरपालिका-१ उम्लिङका रमेश कार्की वैदेशिक रोजगारीका लागि मलेसियामा थिए। दस वर्षयता मलेसिया-नेपाल आउजाउ गरिरहेका उनले श्रीमती रञ्जनासँग भदौ २० गते राति ९ बजेसम्म टेलिफोनमा कुराकानी गरेका थिए । रमेशका अनुसार रञ्जनासँग दिनहुँ टेलिफोन संवाद हुन्थ्यो। रञ्जनासँग कुराकानी भएको दुई दिनअघि मात्र ८ वर्षीय छोरा दिपेन र ४ वर्षीया छोरी गोमासँग उनले भिडिओ कलमा कुरा गरेका थिए।

‘उनले नराम्रो केही सुनाएकी थिइनन्, सबै राम्रै छ भन्थिन्,’ रमेशले भने, ‘छोरा छोरीसँग दुई दिन अघि भिडिओमा कुरा गरेको थिएँ, त्यसको भिडिओ रेकर्ड राखेको थिएँ ।’ पछिल्लो पटक १७ महिनाअघि घर आउँदा छोरी गोमा भर्खर टुकु टुकु हिँड्न थालेकी थिइन्। शरीर स’म्हालेर राम्ररी हिँड्ने नभइसकेकी गोमासँगको त्यो प्रत्यक्ष भेट अन्तिम भयो। त्यसबेला उनी घर आउँदा छोरा दिपेन दुई कक्षामा पढ्दै थिए।

‘मसँग अब छोराछोरीसँग कुराकानी भएको त्यही भिडिओ मात्रै बाँकी रह्यो,’ रमेशले मलीन स्वरमा सोमबा भने, ‘म अहिले यो घटनाबारे कुनै पनि कुरा गर्न सकिरहेको छैन, भो धेरै नसोध्नुस् ।’ हुन पनि छ-छ जना परिवार, त्यसमाथि कलिला लालाबाला सहित श्रीमती र आमाबुवा गु’माएका रमेशसँग बोल्ने शब्द बाँकी नै के छ र! कुराकानी गर्न खोज्दा उनीसँग सम्पर्क नम्बर थिएन। उनका कान्छा काका तिलक मार्फत हामीले रमेशसँग कुराकानी गर्न खोजेका थियौं।

तिलकले आफ्नो फोन रमेशलाई दिएपछि छोटो कुराकानी सम्भव भयो। कुराकानीका लागि अनुरोध गर्दा रमेशले सुरूमै भनेका थिए- यो घटनाबारे तपाईं धेरै नसोध्नुस्, म आफूलाई सम्हाल्न सक्दिनँ। अघिल्लो दिन राति ९ बजेसम्म संवाद उनी सम्झिरहन्छन्- नराम्रो केही थिएन। यति भनेकी रञ्जना सहित बुवाआमा, हजुरआमा, कलिला छोराछोरीको ह,त्या भएको सु’न्दा उनले आफूलाई कसरी स’म्हाले, त्यो उनैलाई मात्रै थाहा छ। विस्तृतमा सेतोपाटिमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *