आयुष्मानलाई हग्न सिकाउदै प्रियंका (भिडियोसहित)

Rochak

नायिका प्रियंका कार्की सधैँजसो चर्चाको विषय बन्ने गर्छिन् । कलिउडका महिला कलाकारमा प्रियंका जतिको चलेको नाम सायदै कम होला । प्रियंकाको मनपर्ने ठाउँ डाइनिङ टेबलको विषय होस् वा विवाह देखि गर्भवतिसम्मको हरेक अवस्थाकाबारे समाचार बन्ने गर्दछ । अहिले भने प्रियंका सन्तान जन्माउने अवस्थामा छिन् । केहि दिनमै आमा बन्ने जानकारी प्रियंकाले आफ्नो युटुब भिडियोमार्फत जानकारी दिएकि छिन् । एक त लकडाउन त्यहिमाथि गर्भवति पनि, अनि घरमै बस्नुपर्ने बाध्यता । सधैँ चर्चामा देखिएकि प्रियंकाको चर्चा अब भने अस्ताउने हो कि भन्ने चर्चा फिल्मनगरिमा चलेको थियो । तर, प्रियंका गर्भवति भएपछि झनै सामाजिक संजाल र संचारमाध्यममा छाईरहेकि छिन् ।

प्रियंकाले आयुष्मानलाई हग्न सिकाउदैँ भनेपछि आश्चर्यम पर्नु भयो होला । तर, यो कुरा सत्य हो । उनले आयुष्मानलाई मात्र नभएर हरेक बच्चाका आमा र बुवाहरुकालागि बच्चाले गर्ने हर्कत र ती हर्कतबाट आफूले थाहा पाउने कुराहरु सिकाइरहेकि छिन् । उनले आफ्नो युटुब कार्यक्रममा गर्भवति भएको बेला अपनाउनुपर्ने सावधानि र बच्चा पाईसकेपछि गर्नुपर्ने कार्यहरुको बारेमा जानकारी दिदैँ आइरहेकि छिन् । गर्भवति अवस्थामा स्वमिङ पहिरनमा पौडी खेल्दै गर्भवति महिलाले गर्नुपर्ने व्यायामहरुका बारेमा पनि प्रियंका जानकारी दिइरहेकि हुन्छिन् ।

गर्भवति अवस्थामा राम्रो आयश्रोतः सामाजिक संजालमा निकैनै सक्रिय देखिएकि प्रियंकालाई फेसबुकमा मनपराउनेको संख्या मात्रै २६ लाख छ । त्यसैगरि, युटुब र इन्स्टाग्राममा पनि प्रियंकालाई दर्शकले राम्रै साथ दिएका छन् । उनले सामाजिक संजालबाटै महिनाको एक लाख बढि आम्दानि गर्छिन् । युटुबमा उनका हरेक भिडियोहरुमा ३ लाख बढि भ्युज छन् । मोनिटाइज युटुब च्यानल भएकाले विज्ञापन हाल्दे वापत युटुबले सो खातामा पैसा हाल्दिने गर्दछ । त्यस्तै, इन्स्टाग्राममा ब्राण्डहरुको प्रमोशन गरेर उनले पैसा कमाउने गर्छिन् । उनलाई थुप्रै बच्चाका पसलले उपहार दिइरहन्छन् । उनले उक्त तस्बिर इन्स्टाग्राममा हालेर विज्ञापन गरिदिन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *