आजदेखि नयाँ सुकिला नोट: प्रतिव्यक्ति साढे १८ हजार मात्र साट्न सकिने, कहाँ-कहाँबाट पाइन्छ ?

समाचार

काठमाडौं । वडा दशैंको अवसरमा राष्ट्र बैंकले आजदेखि नयाँ तथा सुकिला नोट सटही सुविधा प्रदान गर्ने भएको छ

कोरोना संक्रमण जोखिमलाई समेत दृष्टिगत गरि काठमाडौं उपत्याकाभित्र राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंकहरुले तोकिएका शाखा कार्यालय मार्फत नयाँ नोट सटही गर्न पाइने भएको हो ।

साथै वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्न सकिने सूचनामा उल्लेख छ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बेंकले तोकेको नतिकको शाखा कार्यालयबाट नोट साट्न सकिने बैंकले जनाएको छ ।

नोट सटहीका लागि जाँदा सरकार र स्थानीय प्रशासनले तोकेका स्वास्थ्य मापदण्ड तथा सामाजिक दुरीका पूर्ण पालना गर्न बैंकले अनुरोध गरेको छ ।

नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँमा ३५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट बजारमा पठाउने भएको छ । प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म सटही सुविधा पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *