राती श्रीमानसंग विवाद, विहान पोखरीमा फेला पर्यो आमा र ४ वर्षका छोराको शब

समाचार

काठमाडौ । राती श्रीमानसंग विवाद परेपछि छोरा लिएर घर वाहिर निस्केकी एक महिलाको आमा छोराकै शव फेला परेको छ । धनुषामा आमा र उनका ४ वर्षका छोराको शव फेला परेको हो । सोमबार विहान धनुषाधाम नगरपालिका २ धर्मपुरस्थित पोखरीवाट प्रहरीले आमा छोराको शव बाहिर निकालेको छ । महिला अघिल्लो राती श्रीमानसंग विवाद भएपछि घर वाहिर निस्केको प्रारम्भिक अनुसन्धानवाट खुलेको छ ।

अशोक सिंहकी श्रीमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।

उनका अनुसार प्रहरीले जनप्रतिनिधिको रोहबरमा पोखरीबाट शव बाहिर निकालेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । शवलाई पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । स्थानीयले घटना शंकास्पद रहेको बताएका छन् । तर, प्रहरी शवको प्रकृति हेर्दा कुनै चो ट पटक नरहेको र बाँकी कुरा अनुसन्धानबाट खुल्ने बताएका छन् ।

अशोक आइतबार बिहान महेन्द्रनगर काम गर्न गएका थिए । राति घर नफर्केको प्रहरीलाई परिवारले जानकारी दिएका छन् । तर, स्थानीयले दिएको जानकारी अनुसार राति श्रीमान श्रीमतीबीच विवाद भएको थियो । फाइल तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *