संखुवासभा प्रकरणमा ट्वीस्ट : मुख्य योजनाकार लोकबहादुरका काका सहित यी ४ पक्राउ

समाचार

काठमाडौं । संखुवासभा घटनामा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घट्नाका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो ।

भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि सं’ल’ग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो । लोकबहादुरका काका ४७ वर्षीय खड्गबहादुर कार्की मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ। खड्गबहादुरका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, लोकबहादुरका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको हो।

घट्नाको अघिल्लो साँझ ८ बजे लोकबहादुरको घरमा बसेर खड्गबहादुर सहित चार जना मिलेर योजना बनाएका थिए । ‘भदौ २१ मा खेताला बोलाउन घरमा तेजबहादुर आएको मौकामा ह’ ‘त्या गर्ने संगठित योजना देखिन्छ’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले भने, ‘पाँच जना मिलेर कसैले चि’ ‘प’र्ट र कसैले छु’ ‘रीले हा’ ‘ने’र ह’ ‘त्या गरेको अनुसन्धानबाट खुलेको छ ।

८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीलाई लोक बहादुर र उनका काकाका छोरा हस्तबहादुरले मु’ख थु’ने’र चि’र्प’ट’ ले हा’ने’र ह’ ‘त्या गरेका थिए ।

घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो। मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । घट्नाको आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन्।

घटनामा अन्य व्यक्तिको समेत सं’लग्न’ता भएको आ’शङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ। थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो। आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *