वीरगञ्जमा कक्षा ९ र ६ मा अध्ययनरत दुई किशोरको डु’बेर मृ;त्यु

समाचार

काठमाडौं । डु’बेर दुई किशोरको मृत्यु भएको छ । वीरगञ्जमा दुई किशोरको डु’बेर मृत्यु भएको हो । वडा प्रहरी कार्यालय श्रीपुरका अनुसार वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले यस्को पुष्टि गर्नुभयो । वीरगञ्ज–१२ स्थित मुर्ली पोखरीमा पौडी खेल्ने क्रममा डु’बेर दुवै जनाको मृत्यु भएको जानकारी दिइएको छ । दुवै जना किशोर शुक्रबार दिउँसो घरबाट खेल्न भनी निस्किएका थिए ।

तर अपरान्ह ४ बजेसम्म पनि नफर्किएपछि परिवारले खोजी शुरु गरेको थियो । आशिष सगरमाथा बोर्डिङ स्कुलको कक्षा ९ मा र प्रितम कक्षा ६ मा अध्ययनरत थिए । मुर्ली पोखरी नजिकै उनीहरुले लगाएको लुगा र चप्पल फेला परेपछि पोखरीमै डु’बेको आशंकामा उनीहरुको खोजी शुरु गरिएको थियो ।

प्रहरी र स्थानीयवासीको सहयोगमा शनिबार बेलुका ८ बजेतिर उनीहरुलाई पोखरीमा फेला पारी निकालिएको थियो । त्यसपछि तराई हस्पिटल लगिएकोमा अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो ।

फाईल फोटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *