चालक अनुमतिपत्र आवेदन खुला अनिश्चित, सात लाखको हातमा लाइसेन्सको सट्टा चिट

समाचार

सञ्चिता घिमिरे । भदौ ३०, काठमाडौँ (रासस)। गतवर्ष जेठदेखि मोटरसाइकल चलाउन थाल्नुभएका डाँछीका दिनेश न्यौपानेसँग अझै चालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उहाँ डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्नुहुन्थ्यो

विसं २०७६ चैतमा सरकारले जारी गरेको बन्दाबन्दीले सार्वजनिक यातायात बन्द भयो । त्यसपछि भने उहाँले पहिले आफन्तको मागेर र पछि आफैँ किनेर मोटरसाइकल चलाइरहनुभएको छ । मोटरसाइकल चलाएको महिनौँसम्म पनि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन नखुल्दा न्यौपानेले भर्न पाउनुभएन । गत पुसमा आवेदन खुलेपनि प्राविधिक समस्याले गर्दा पुस र माघ महिनामा पटकपटक प्रयास गरेपनि भर्न नसकेको उहाँले बताउनुभयो

उहाँले फागुन महिनामा आवेदन भर्नुभएको थियो । असार महिनाको अन्तिम सातामा पालो आउने भनेपछि उहाँले लिखित र प्रयोगात्मक परीक्षाका लागि तयारी गर्नुभयो । दोस्रो लहरसहित कोभिड फैलन थालेपछि गत वैशाखमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गगर्यो र उहाँको परीक्षाको मिति धकेलियो

साउन महिनामा बन्दाबन्दी हटेसँगै पुनः परीक्षा हुने आशा पलाएको भए पनि चावहिलस्थिथत यातायात कार्यालयको जवाफले निरास बनाएको न्यौपानेले बताउनुभयो । यो डेढ वर्षमा उहाँले एक पटक ट्राफिक प्रहरीको जाँचमा परेर रु एक हजार जरिवाना तिर्नुभएको थियो । आफूसँग अनुमतिपत्र हुँदा ढुक्कले चलाउन पाइने भए पनि अहिले डराएर हिँड्नुपरेको उहाँको दुखेसो छ । उहाँ सकेसम्म ट्राफिक प्रहरीको जाँच नहुने भित्रि सडकमा हिँड्ने गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *