‘कमेडी च्याम्पियन सिजन २ को विजेता’ बनेपछि भरतमणीले के भने ? (भिडि

भिडियो

काठमाण्डौं । लोकप्रिय रियालिटी सो ‘कमेडी च्याम्पियन’ दोस्रो सिजनको आज फाइनलको उपाधि भरतमणिले जितेका छन् । अन्य दुइ जना कमेडीयन विक्की अग्रवाल र सन्तोष थापालाइ पछाडी पार्दै भरतमणिले उपाधि हात पारेका हुन् । पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।

भरतमणी पौडेल विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर चर्चामा थिए । उनले पूर्व संचारमन्त्री गोकुल प्रसाद बाँस्कोटा, राष्ट्रिय सभाका सांसद रामनारायण विडारी, पूर्व युवराज पारस शाह, सांसद योगेश भट्टराई, नेता राजेन्द्र महत्तो लगायतको क्यारिकेचर गरेर दर्शकको मन जितेका थिए ।

समसामयिक बिषयमा भरतमणीले गर्ने अभिनयले दर्शकलाई आकर्षित गरेको थियो । यसैले, अडिसनमा खासै चर्चामा नआएका भरतमणी उत्कृष्ट २४ बाट भने निरन्तर चर्चामा थिए । च्याम्पियन बनेपछि भावुक भएका भरतमणीले प्रतिकृया दिँदै के भने हेर्नुृस् भिडियोमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *