एक महिना यता रंगशालामा संचरना निर्माणको काम गर्न सकेनन् धुर्मुस सुन्तलीले, गरे सरकारलाई यस्तो आह्वान

समाचार

काठमाडौ । चितवनमा ठूलो लगानीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम लिएका धुर्मुस(सुन्तली फाउण्डेसनका सिताराम कट्टेल र रञ्जना घिमिरेले रकम अभाव भएको खबर सार्वजनिक गरेपछि उनीहरुको निकै आलोचना भयो । फाउण्डेशले रंगशालालाई पूर्णता दिन आर्थिक समस्या भएको जनाएको हो । अहिले सम्मको निर्माण कार्यमा करिब १७ करोड रुपैया खर्च भएको धुर्मुस र सुन्तलीले बताएका छन् ।

उनीहरुले त्यसवारे सरकारलाई पनि जानकारी गराएको बताए । सरकारले पनि आफहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिएको उनीहरुको भनाइ छ । रकम अभाव भएकै कारण अहिले निर्माणको काम हुन सकेको छैन । धुर्मुसले रंगशालाको संरचना निर्माणको काम साउन १५ गतेदेखि अघि बढाउन नसकेको बताए।

महामारीको असरले सहयोग संकलन पनि घट्दा समस्या भएको उनको भनाई छ । धनधान्याचल महायज्ञमा बोल कबोल गरिएको सहयोग रकम समेत उठ्न सकेको छैन । उनले निर्माण सम्पन्न गर्न थप ५० करोड रुपैया लाग्ने पनि बताएका छन् । त्यसवारे अर्थमन्त्रीलाई समेत जानकारी गराएको उनको भनाई छ । त्यती वजेट पाए आफुहरुले एक वर्ष भित्रमा रंगशालाको काम सम्पन्न गर्ने दावी पनि धुर्मुसको छ ।

उनले सरकारलाई रकम अभाव भएको बारे जानकारी गराएर सरकारी सहयोग चाहेको बताएका छन् । यो कुरालाई आफुहरुले यो योजनावाट हात झिक्न खोजेको भन्ने नबुझ्न पनि उनको अनुरोध थियो । रंगशाला निर्माणबाट हात उठाएका होइनौं, सरकारको सहयोग खोजेका हौं उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *