काठमाडौंबाट छुटेको बाेलेरो दुर्घटना : तीनजनाको मृत्यु, एक गम्भीर घाइते

समाचार

काठमाडौं, भदौ ३१ – काठमाडौंदेखि जाँदै गरेको बाेलेरो जिप रामेछापमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। प्रदेश ३–०१०२३ च ३५१३ नम्बरको डबल क्याप बाेलेरो जिप आज बिहीबार बिहान ९ बजे मन्थली नगरपालिका– ६ हात्तीसारस्थित कुनौलीमा दुर्घटना भएको हो।

जीपमा सवार चार जनामध्ये चालक लाक्पा शेर्पा, उनकी श्रीमती फुर्वा शेर्पा र गाडीधनी वाङ्छे शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। १२ वर्षीय पेम्वा शेर्पा गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर श्रीशंकर श्रेष्ठले अप्ठेरो बाटोमा तीब्र गति भएका कारण जीप दुर्घटना भएको हुनसक्ने बताए। उनका अनुसार जीप घुम्तीमा दुर्घटना भएको थियो। शेर्पा वैदेशिक रोजगारीका क्रममा पोर्चुगलबाट घर फर्कँदै गरेको श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *