झापामा यी प्रहरी नुहाउन गएका थिए, तर फर्कियो उनको शव! यस्तो रहेछ कारण

समाचार

झापामा एक प्रहरी नुहाउन गएका थिए । तर उनी फर्केर आएनन् । ती प्रहरी जवानको पोखरीमा डु बे र मृत्यु भएको हो । झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ स्थित प्रहरी चौकी पिन्डलवारीमा कार्यरत २५ वर्षीय प्रहरी जवान सरोज गिरीको पोखरीमा डु बे र मृत्यु भएको जानकारी प्रहरीले दिएको छ ।

उनी नुहाउन गएका थिए । त्यसै क्रममा उनको सोमबार पोखरीमा डु’बे’र मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार माछापोखरीमा डु ‘बे र प्रहरी जवान गिरीको मृत्यु भएको थियो ।

कचनकवल वडा नम्बर १ स्थित अवध राजवंशीसहित ८ जनाको लगानीमा बनाइएको माछा पोखरीमा गिरी नुहाउन गएका थिए । नुहाउने क्रममा हराएपछि उनको खोजी गर्दा पोखरीमा मृ त अवस्थामा फेला पारिएको थियो । गिरी २०७३ साल भदौ १५ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *