राष्ट्रपति माथि ‘प्राङ्क’ को नाममा यस्तो भद्दा मजाक गर्ने को हुन् ? (भिडियो हेर्नुस्)

समाचार

काठमाडौ । सामाजिक सञ्जाल अहिले धेरै नागरिकको समय विताउने माध्यम भएको छ । धेरै मानिसहरु फेसवुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालमा भुलेको देख्न सकिन्छ । कतिपयले यस्तै सामाजिक सञ्जाललाई आम्दानीको श्रोत पनि बनाएका छन् ।

तर पैसा कमाउने नाउँमा सामाजिक सञ्जालमा कानुन विपरितका काम पनि भएका छन् । सेप्टेम्बर ७ को बिहानै युट्युबमा एउटा भिडियो अपलोड भयो । ८ मिनेट ३७ सेकेण्डको भिडियोमा समीर नाम गरेका एक किशोरले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि प्राङ्क गरेको दाबी गरेका छन् । उनले भिडियो प्रशारण गर्नु अघि नै आफुले यो भिडियो रमाइलोको लागि बनाएको बताए ।

तर उनले जसरी विषयबस्तु राखे ति विषयबस्तु भने निकै गम्भिर प्रकृतिका थिए । राष्ट्र प्रमुख जस्ता ब्यक्तिलाई उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसंग जोडेर अ स भ्य र भ्रम फैलाउने किसिमले प्रश्न गरेका छन् । भिडियोको थमनेलमै एकातिर राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको छ ।

८ मिनेट ३७ सेकेण्डको भिडियोमा विद्यादेवी भण्डारीलाई पोखरावाट पत्रकार हुँ भन्दै फोन गरेको जस्तो गरेर विभिन्न प्रश्न गरिएको छ । उत्तर दिनेले पनि महिलाको जस्तो आवाज निकालेको सुन्न सकिन्छ । त्यसपछि सुरुमै किशोरले विद्यादेवी भण्डारी बोलिराख्नु भा’छ भन्दै प्रश्न गर्छन् । यता, विद्यादेवी भण्डारी नै बालिराछु भन्नुहोस् भन्दै उत्तर आउँछ । त्यसपछि किशोरले सुरुमै महङ्गो गलैँचा र २५ करोडको कारको कुरा के हो भनेर सोध्छन् ।

उताबाट त्यो ह ल्ला मात्रै भएको र त्यसमा कुनै सत्यता नभएको जवाफ आउँछ । कुराकानीकै क्रममा किशोरले विद्यादेवी भण्डारीलाई तपाई र केपी ओलीको स म्ब न्ध गाढा छ भन्ने सुनिन्छ के हो ? भनी प्रश्न गर्छन् । महिलाको आवाजमा आफु राष्ट्रपति भएका कारण प्रधानमन्त्रीसंग भेटघाट गर्नु सामान्य भएको जवाफ आउँछ । त्यसै कारणले मानिसहरुले नराम्रो ट्रोल बनाएको पनि भनिन्छ । महिलाको आवाजले भन्छन्, यी कुराहरुलाई बिर्सिदिउँ ।

तर, किशोरले फेरि प्रश्न गर्न छोड्दैनन्, महिलाको जस्तो आवाजले केपी ओली आफ्नो दाइजस्तो भन्दै जवाफ आउँछ । त्यसपछि फेरि किशोरले सोध्छन् कि के तपाई दाइ सोच्नुहुन्छ भनेपछि ? तपाईले दाइ भन्दाखेरि केपी ओली जी लाई ह र्ट होला नि ? त्यसपछि उताबाट जवाफ आउँछ, ‘कस्तो कुरा गर्नुहुन्छ तपाईँ पत्रकार साथी भएर ?’ फेरि किशोरले तपाइँले दाइ भन्दा केपी ओलीजीलाई मन दुख्न सक्छ भनेर ।।।’ भन्दै प्रश्न गरेका छन् ।

अनि तपाइँले त्यही प्रश्न सोध्नका लागि तपाईले फोन गर्नुभएको हो भने फोन राखिदिनुहोला धन्यवाद भन्दै फोन राखिन्छ । त्यसपछि फेरि किशोरले सम्पर्क गर्छन् र एउटा रमाइलो प्रयांक भिडियो बनाउन लागेको बताउँछन् । ‘प्राङ्क’ गर्ने बहानामा राष्ट्र प्रमुख जस्तो ब्यक्तिका बारेमा भ्रम फैलाउने किसिमको भिडियो बनाएको भन्दै सामाजिक सञ्जालमा पनि विरोध भएको छ ।

राष्ट्रपति कार्यालयका कर्मचारीले पनि सो भिडियो हेरेको र त्यसबारे छलफल गरेको बताएका छन् । कानुनविद्ले राष्ट्रप्रमुखका बारेमा त्यस्तो भिडियो बनाउने ब्यक्तिलाई कारवाही गर्न सकिने बताएका छन् । राष्ट्रपतिलाई मात्र नभएर कुनै पनि नागरिकका बारेमा पनि भ्रम फैलाउने गरी भिडियो सामग्री बनाउन नपाइने र त्यस विरुद्ध मु द्दा चलाउन मिल्ने कानुनविद् टिकाराम भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *