आज तीजको दिन पनि घट्यो सुनको मूल्य

समाचार

काठमाडौं-आज बिहीबार तिजको दिन पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सयले घटेको हो । बुधबार तोलामा ७०० रुपैयाँले सस्तिएर ९० हजार ७०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप एक सय रुपैयाँले घट्दै ९० हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत तोलामा एक सय रुपैयाँले नै सस्तिँदै ९० हजार एक सय रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि बुधबारको तुलनामा तोलामा १० रुपैयाँले सस्तिँदै बिहीबार एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार बजारमा चाँदी प्रतितोला एक हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *