काठमाडौंको बानेश्वरमा शंकास्पद वस्तु फेला

समाचार
  1. काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरस्थित एक आँखा उपचार केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ ।

बिहिबार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । उक्त शंकास्पद वस्तु तेस्रो तल्लाको शौचालयमा रहेको छ ।

उक्त बस्तु बम हो वा होइन पत्ता नलाएको जनाइएको छ । घटनास्थलमा अहिले गौशाला प्रहरीको टोलीले अनुसन्धान शुरू गरेको छ । बम डिस्पोजल टोलीलाई पनि खबर गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *