एमसीसी उपाध्यक्ष फातिमाको विरोधमा उत्रिएकालाई प्रहरीले नियन्त्रणमा लिँदा देखियो यस्तो दृश्य

समाचार

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिकबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले बताए । पक्राउ पर्नेमा स्वागत नेपाललगायत छन् । उनीहरुलाई नगर प्रहरी कार्यालय भृकुटिमण्डपमा राखिएको एसपी बस्नेतले बताए ।

एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आइपुग्न लाग्दा उनीहरु विरोध गर्न विमानस्थल गेट पुगेका थिए । उपाध्यक्ष सुमार र सहायक उपाध्यक्ष ब्रुक्ससहितको टोलीले नेपालसँग एमसीसी सम्झौताबारे प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

चार दिनसम्म नेपाल भ्रमणमा रहने सुमार नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग बिहीबार नै भेटवार्ता गर्ने कार्यतालिका छ । यसअघि बुधबार मात्रै उपाध्यक्ष सुमारले एमसीसीबारे नेपाल सरकारले सोधेका प्रश्नका लिखित जवाफ पठाएकी थिइन् । सरकारले एमसीसी संसदमा पेस गर्ने तयारी गरेपछि नेपालमा विरोध बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *