विदेशबाट छोरा आएपछि गरियो अन्त्येष्टि, नरुने कोहि थिएनन् (भिडियो सहित)

समाचार

सङ्खुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा भएको घट्नामा परेका परिवारको दा’हसं’स्कार सुनसरीको इटहरीस्थित बूढी खोलामा गरिएको छ । सोमबार बिहान त्यो अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बूढीखोला घाटमा अन्त्येष्टि गरिएको मृतक तेजबहादुरका भतिज एमविक्रम कार्कीले जानकारी दिए ।

बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शवपरीक्षण भएपछि बूढीखोला घाटमा अन्त्येष्टि गरिएको भतिज एमविक्रमले बताए । शव अन्त्येष्टिका लागि तेजबहादुर कान्छा छोरा रमेश कार्की दुबईबाट मङ्गलबार धरान आएका थिए । अन्त्येष्टिका लागि नेपाल आएका छोराले आफ्नो परिवारको यो अवस्था देख्दा सम्हालिन नै सकेका थिएनन । अन्तिम संस्कारमा उपस्थित भएका आफन्त र सर्वसाधारण पनि नरुने कोहि थिएनन् ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, छोरा ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ ‘त्या भएको थियो ।

घटनाको थप अनुसन्धान गरिँदै

घटनाको थप अनुसन्धान गर्ने प्रदेश नं १ का प्रहरी नायब महानिरीक्षक अरुणकुमार बीसी सा’मूहि’क ह’ ‘त्या भएको घटनास्थलमादी–१ खोलागाउँमा पुग्नुभएको छ । घटना र’हस्य’मयी भएको भन्दै गएपछि प्रहरी नायब महानिरीक्षक बीसी बुधबार साँझ मादी आइपुग्नुभएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

प्रहरी नायब महानिरीक्षक बीसीले घटनास्थल पुगेर प्रहरीबाट भइरहेको अनुसन्धानले अहिलेसम्म प्राप्त गरेको उपलब्धिको जानकारी लिएका छन् । अनुसन्धानलाई जतिसक्दो चाँडो निष्कर्षमा पु¥याउन प्रहरीको सक्रिय रुपमा लागेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । उनि आफैँले अनुसन्धानको नेतृत्व लिएपछि घटनामा चाँडै सफलता प्राप्त हुने अपेक्षा गरिएको छ ।

गाउँ शोकमा

परिवारै स’खाप बनाएको घटनापछि मादी–१ उम्लिङ खोलागाउँ शो’कमा डु’बेको छ । अहिलेसम्म अ’पराधी पत्ता नलाग्दा गाउँको अवस्था सामान्य बन्न नसकेको स्थानीयवासी रणबहादुर कार्की बताउनुभयो । घटना कसरी र किन गरिएको हो भन्ने बारेमा केही पनि नखुलेको उनले बताए ।

घटनाको वास्तविकता पत्ता नलागेसम्म गाउँ सामान्य अवस्थामा फर्कन नसक्ने स्थानीयवासी कार्कीको भनाइ छ । तालिम प्राप्त कुकुरले समेत पत्ता लगाउन नसक्दा अझै र’हस्य’मय भएको बताएका छन् । प्रहरीले घटनाका बारेमा कुनै नयाँ स’ङ्केत फेला नपारेको स्थानीयवासीले बताएका छन् ।

यो पनि : तिम्बुङ पोखरी क्षेत्रमा ‘टुरिस्ट हाउस’ निर्माण

कोभिड–१९ का कारणले पर्यटन क्षेत्र प्रभावित भए पनि आगामी दिनमा पर्यटक भित्र्याउन ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस) निर्माण गरिएको छ ।

तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि गाउँपालिकाले पर्यटक आवास घर निर्माण गरेको हो । पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको सिदिङ्वा–१ कालिखोलामा रहेको तिम्बुङ पोखरी नेपालको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत छ ।

पूर्वको गोसाइँकुण्डको नामले समेत परिचित तिम्बुङ पोखरी चार हजार ४८० मिटरको उचाइमा छ । निक्कै नै सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको आवास सुविधाका लागि गाउँपालिकाले रु ५५ लाखको लागतमा आवास भवन निर्माण गरेको हो ।

गाउँपालिकाका प्रवक्ता प्रकाश राईका अनुसार पर्यटन मन्त्रालयबाट विनियोजित रु ५० लाख र गाउँपालिकाको पाँच लाखको लगानीमा आवाससहितका संरचना निर्माण गरिएको छ । करिब तीन हजार ८०० मिटर उचाइ रहेको तिम्बुङ पोखरी क्षेत्रको नुनथला ठूलो भञ्ज्याङमा उक्त संरचना निर्माण गरिएको प्रवक्ता राईले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४५ जना अटाउन सक्ने क्षमताको पर्यटक आवास घर, भान्सा घर र शौचालय निर्माण गरिएको छ ।

पर्यटक आवास निर्माण भएसँगै गाउँपालिकाले सञ्चालनको तयारी गरेको छ । ठेक्का (बोलपत्र) प्रक्रियामार्फत आवास वार्षिक रु ६२ हजारमा भाडामा लगाएको र अब दशैँ अघि नै सञ्चालनमा आउने पनि प्रवक्ता राईले बताउनुभयो ।

पर्यटक घर सञ्चालनमा आएपछि तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकले खानेबस्ने सुविधा पाउने छन् । हालसम्म तिम्बुङ पोखरीको भ्रमण गर्ने पर्यटकले आवासका रुपमा सो क्षेत्रमा रहेको चौंरी गोठहरुलाई सदुपयोग गर्ने गरेका थिए ।

कालीखोला र सादेवाको माथिल्लो बस्तीदेखि तिम्बुङ पोखरी पुगेर फर्कनलाई कम्तिमा तीन दिन लाग्ने हुँदा सो क्षेत्रमा रहेका सीमित चौंरी गोठमा बास बस्नुपर्ने अवस्था थियो । पर्यटक आवास घर बनेपछि भने बाह्य तथा आन्तरिक पर्यटकलाई सुविधा हुने भएको गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले बताउनुभयो ।

पर्यटक अवागमन सहज गर्न तिम्बुङ पोखरी जाने पदमार्गको पनि स्तरोन्नति गरिएको छ । विगत दुई वर्षयता पर्यटन मन्त्रालयकै सहयोगमा पर्यटक आवास घरसहित तिम्बङ पोखरीको सौन्दर्यकरण, पदमार्ग स्तरोन्नतिको कार्य गरिएको ताम्लिङले बताउनुभयो । मन्त्रालयको सहयोग र गाउँपालिका समेतको साझेदारीमा पर्यटकलाई आराम लिनका लागि पदमार्गको ठाउँ–ठाउँमा विश्रामस्थल समेत निर्माण गरिएको छ ।

तिम्बुङ पोखरी क्षेत्रमा धार्मिक आस्थाका हिसाबले समेत हरेक वर्ष नाग पञ्चमीका दिन उल्लेख्य रुपमा आन्तरिक पर्यटकहरु पोखरीको भ्रमण तथा दर्शनमा पुग्ने गरेका छन् । सुन्दर तथा मनमोहक दृश्य, जडिबुटी, चौंरीपालन, रेडपान्डालगायतको अध्ययन अवलोकन गर्नलाई आन्तरिक तथा विदेशी पर्यटकले तिम्बुङ क्षेत्रको भ्रमण गर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *