भरतमणिले नै जित्लान् त कमेडी च्याम्पियन ? आफ्नो गृह जिल्लामा भोट माग्दै हिडे भरतमणी पौडेल , गरियो भब्य स्वागत

समाचार

कमेडी रियालिटि शो ‘कमेडी च्याम्पियन’ सिजन २ को फाईनलमा पुगेका प्रतिस्पर्धी भरतमणी पौडेललाई मंगलबार गृह जिल्ला ताप्लेजुङमा स्वागत गरिएको छ । भोटका लागि आफ्ना सुभेच्छुकसंग अपिल गर्न काठमाण्डौबाट तराईका विभिन्न जिल्ला हुँदै गृह जिल्ला आउनुभएका पौडेललाई जिल्लाबासीले स्वागत गरेकाहुन् ।

सदरमुकाम फुङलिङमा नौमति लगायतका साँस्कृतिक बाजागाजा सहित स्वागत तथा सम्मान स्वरुप पौडेललाई बजार परिक्रमा गराईएको थियो । सदरमुकाम आईपुग्नु अघि पाँचथर संगको सीमावर्ती काबेली बजारमा सयौँ युवाहरु बाईक -याली सहित स्वागत गर्न पुगेका थिए ।

‘कमेडी च्याम्पियन’ सिजन २ मा पौडेलको प्रस्तुति हेरेर सन्तुष्ट बनेका जिल्लाबासीले बिजय प्राप्तिका लागि शुभकामना समेत दिएकाछन् । यस्तै बजार परिक्रमा पछि सदरमुकाम स्थित विरेन्द्र चौकमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले जतिसक्दो भोट गरेर सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

एमाले नेता गोकुल बास्कोटा, पुर्वयुवराज पारस शाह लगायतको क्यारिकेचर गरेर एकाएक चर्चामा आएका पौडेलले आफ्नो कलाकारिताको माध्ययमबाट जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु-याउने बताउनुभयो ।धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक हिसाबले ताप्लेजुङ धनी जिल्ला भएकाले जुनसुकै माध्ययमबाट यहाँको प्रचार–प्रसार गर्न सके पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने आफ्नो विस्वास रहेको बताउनुभयो ।

यस्तै देश विदेशमा रहेका आम नेपाली दाजुभाईलाई समेत उहाँले भोटका लागि अपिल गर्नुभएको छ । कमेडी च्याम्पियनको बिजेता बने पनि नबने पनि नेपाली कलाकारिताको क्षेत्रलाई सँधै न्याय गर्ने उहाँको भनाई थियो ।स्थानीय रेडियो स्टेशनमा हास्यब्यंग्य कार्यक्रम चलाउँदा चलाउँदै पढाईका लागि

काठमाण्डौ पुग्नुभएका पौडेलले पढाई संगै रेडियो कार्यक्रम र स्टेज कार्यक्रमलाई निरन्तरता दिदै आउनुभएको थियो । यसै क्रममा कमेडी च्याम्पियनको सिजन २ मा प्रतिस्पर्धा गर्न पुग्नुभएका उहाँले यसअघि पारस शाहको क्यारिकेचर गरेर उत्कृष्ट ४ बाट भोट बिनानै फाईनलमा प्रवेश गर्नुभएको थियो ।

अब पौडेल संगै विक्की अर्गवाल र सन्तोष थापा भिड्ने छन् ।यसैबीच आजै पत्रकार महासंघ ताप्लेजुङले समेत पौडेललाई स्वागत तथा सम्मान गरेको छ । महासंघले एक कार्यक्रमको आयोजना गरि स्वागत गर्दै शुभकामना व्यक्त गरेको छ । पौडेल नेपाल पत्रकार महासंघ ताप्लेजुङका साधारण सदस्य समेत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *