आमालाई एक्लै छोडेर गए सिद्धार्थ, जो विना एक सेकेण्ड पनि बस्न सक्दैनथे !

समाचार

काठमाडाैंबिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्ला सधैँका लागि यो संसार छोडेर गइसकेका छन् । ४० वर्षका सिद्धार्थको हृदयघातका कारण निधन भएको हो । सिद्धार्थ आफ्नी आमाको निकै नजिक थिए । आमा विना एकछिन पनि बस्न सक्दैन थिए । उनले केही समय पहिले आफ्नी आमाको लागि मन छुने पोस्ट लेखेका थिए ।

उनले पोष्टमा आमासँग आफ्नो सम्बन्धबारे कयौँ कुरा खोलेका थिए….,

मानिसहरु मलाई यस्तो व्यक्तिका रुपमा चिन्दछन्, जो बाहिर निकै रफ देखिन्छ । तर एक व्यक्तिका लागि म सधैँ कोमल हुन्छु, ती हुन् मेरी आमा । उनको अगाडी म पग्लिहाल्छु । मेरी आमा जन्मदेखि नै मेरो लागि विशेष छिन् । तीन सन्तानमध्ये म सानो थिएँ र दिदीहरुसँग खेल्न पाउँदैनथेँ । त्यसैले म सधैँ आमाको वरिपरि नै घुमिरहन्थेँ ।

जब म सानो थिएँ, आमालाई एक सेकेण्ड नदेख्दा पनि रुन्थेँ । उनी रोटी बनाउँदै गर्दा पनि एक हातले मलाई समाइरहेकी हुन्थिन् र अर्को हातले काम गरिरहेकी हुन्थिन् । जब म ठुलो भएँ, तब मेरी आमा मेरो साथी बनिन् । जब म खेलेर आफ्नो बिल्डिङमा फर्किन्थेँ, हरेक कुरा आमासँग सेयर गर्थेँ ।

जुन उमेरमा आमा बुवासँग कुराहरु लुकाइन्थ्यो, म भने आफ्नो जीवनको बारेमा आमालाई सबैकुरा बताउन चाहन्थेँ । उनले मलाई धेरै कुरा सिकाएकि छिन् । मलाई याद छ कि म एकदमै सरारती थिएँ । तर जब आमा मलाई आफ्नो साथमा बसाएर इमान्दार हुन भन्थिन्, तब म तुरुन्त आफ्नो गल्ती मान्थेँ ।

जब मेरो पीताको १६ वर्ष पहिले निधन भयो, आमा नै हाम्रो शक्ति बनिन् । हाम्रो खराब आर्थिक स्थितिका बाबजुद पनि उनले घर चलाइन् । तीन सन्तानको आवश्यकता पुरा गरिन् । हाम्रो आवश्यकता पुरा गर्न उनले धेरै त्याग गरिन् । म बिग बोसमा हुँदा तीन महिनासम्म आमासँग कुरा गर्न पाएको थिइनँ । मलाई थाहा छ कि ३९ वर्षको उमेरमा यो भन्नु उचित छैन तर उनीबाट टाढा रहनु मेरो लागि निकै कठिन थियो ।

त्यसैले जब मलाई शो मा उनको एक चिठ्ठी मिल्यो तब मलाई उनको आवाज सुन्न मन लागेको थियो । मलाई उनी मेरै वरिपरि भएजस्तो महसुस भइरहेको थियो । उनी हरेक पटक मप्रति गर्व गर्छिन्, यो मेरो सबैभन्दा ग्रेट फिलिङ्गस हो ।

म संसारको सबैभन्दा भाग्यमानी मान्छे जस्तो लाग्छ मलाई । किनकी म आमाको अनुहारमा मुस्कान ल्याउन सफल भएको थिएँ । उनी मेरो सबथोक हुन् । आज पनि मेरी आमा मलाई सल्लाह, सुझाव दिइरहन्छिन् । जब मैले ३ महिना लामो समयपछि उनलाई बिग बोसको सेटमा देखेको थिएँ, तब उनले मलाई हरेक समय छोटो लगाउन बन्द गर, जिन्स लगाऊ भनेकि थिइन् ।

आज भाग्यले यस्तो खेल खेलेको छ कि आमासँग दुई मिनेट पनि टाढा बस्न नसक्ने सिद्धार्थ सधैँका लागि उनलाई छोडेर गएका छन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *