काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालय खुल्ने

समाचार

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विद्यालयहरु खुला हुने भएका छन् । सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले उपत्यकाका स्थानीय तहहरूले कोभिडको अवस्था हेरी असोज १ गतेदेखि विद्यालय खोल्न सक्ने जानकारी दिए। बैठकले स्वास्थ्य अवस्थाको जोखिम हेरेर सम्बन्धित स्थानीय तहलाई विद्यालय खोल्ने निर्णय गर्न सक्ने उनले बताए ।

पराजुलीका अनुसार विद्यालय सञ्चालन गर्दा नगरपालिकाहरूले अनिवार्य सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने र सोको पालना भएको/नभएको भनेर नियमित नियमन गर्नुपर्ने छ।

केही नगरपालिकाहरूले भने यसअघि नै विद्यालय खोल्न थालेको भन्दै अधिकारी पराजुलीले अब भने सबै स्थानीय तहमा एकरूपता ढंगबाट विद्यालय सञ्चालन गर्ने गरी आजको बैठकले निर्णय गरिएको जनाए।

जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेसँगै स्थानीय तहहरूले विद्यालय खोल्ने तयारी गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *