संखुवासभा घट्ना प्रकरण : प्रहरीले एउटालाई भेट्यो सकुसल, ६ जनाको शव हेर्दा गर्यो यस्तो आशंका

समाचार

संखुवासभा– संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको ह’ ‘त्या भएको छ । आइतबार राति मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले ह’ति’या’र प्रयोग गरी ह’ ‘त्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए । सोमबार बिहान प्रहरीमा घटनाबारे जानकारी आएको डीएसपी सुबेदीलेबताए । उनले जिल्लाबाट प्रहरी घटनास्थलतर्फ गएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार ५८ वर्षिय तेजबहादुर कार्की, उनकी ८० वर्षीया आमा पार्वता कार्की, श्रीमती ५६ वर्षीया कमला कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको ह’ ‘त्या भएको छ । स्थानीय शिक्षक योगेन्द्र ओझाका अनुसार मृतकको शव घर वरिपरि यत्रतत्र छरिएको छ भने मृतकहरु जुत्ता चप्पल लगाएर भागेको जस्तो देखिन्छ । शव हेर्दा मलाई रातिको घटना हो जस्तो लागेन ।

काका (तेजबहादुर)लाई घरदेखि अलिक परतिर रोडमा लगेर मा’रेका छन् । उहाँकी बुहारी र श्रीमतीलाई घरदेखि अलिक पर खोलामा मा ‘रेको देखिन्छ । उनीहरुको शव एकै ठाउँमा छ । नाती र नातिनीको शव चाहिँ घरदेखि माथि खरबारीमा छन् । तेजबहादुरको आमाको शव घरभित्र छ ।

डिएसपी सुवेदीले भने । ‘मलाई नौ बजे घटनाबारे थाहा भयो। घर एकलासमा छ। के कसरी भएको हो अनुसन्धान भइरहेको छ,’ उनले भने,’छिमेकीले मलाई खबर गर्‍यो। मैले प्रहरीलाई खबर गरेँ।’ घरमा भेटिएका वृद्ध आँखा देख्दैनन् भने कान पनि सुन्न नसक्ने वडाध्यक्ष कटुवालले बताए। उनको अवस्था सामान्य छ।

त्यस्तै नगरपालिका प्रमुख विदुर कुमार लिंथेपले कसैको शव बाटोमा, कसैको बारीमा र कसैको खोल्सामा भेटिएको बताए । ‘६ जनाको ह’ ‘त्या भएको बिहान गाउँलेले देखेछन् । कसैको घरभित्रै, कसैको बाहिर बाटोमा शव फेला परेको छ रे,’ नगरप्रमुख लिंथेपले भने, ‘म पनि घटनास्थलमा जाँदैछु ।’

डीएसपी सुवेदीका अनुसार घटनास्थल नजिकैको प्रहरीले घटनास्थललाई सुरक्षित राखेको छ । शवको प्रकृतिबाट प्रारम्भिक जाँचबुझका लागि फरेन्सिक विज्ञको टोलीलाई पनि घटनास्थलमा लैजाने तयारी छ । कुकुरलाई घटनास्थलमा छाडेपछि मात्रै थप अनुसन्धान हुनेछ । जिल्लाबाट गएको प्रहरी सोमबार अपरान्हसम्म घटनास्थल पुग्नेछ । घटनाबारे थप विवरणहरु प्राप्त हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *