घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

समाचार

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार तोलामा ६ सय रुपैयाले बढेको सूनको मूल्य आज तोलामा १ सय रुपैयाले घटेको छ ।

आइतबार प्रतितोला ९१ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्यमा बढेर तोलाको १२ सय ३० रुपैयामा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *