रातभरि परेको अविरल वर्षाका कारण घर भ त्किँदा रोल्पामा बालिकासहित दुई जनाको मृत्यु, दुई घाइते

समाचार

रोल्पा, २१ भदौं । रातभरि परेको अविरल वर्षाका कारण घर भ’त्किँ’दा रोल्पामा दुई जनाको ज्यान गएको छ । रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका– १० धवाङको बाम्लामा मध्यराति पूर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो ।

घर भत्किँदा अन्य दुई जना सामान्य घाइते भएका छन् भने अन्य दुई घरमा पनि सामान्य क्षति पुगेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए । सुवेदीका अनुसार उद्धारका लागि प्रहरी राति नै घटनास्थल पुगिसकेको छ ।

त्यस्तै सुनिल ४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ । बस खोजीका लागि प्रहरी परिचालन गरिएको छ । स्थानीयका अनुसार उक्त बस विद्यालयको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *