पहिले धितो नक्कली दाबी, उजुरी परेपछि महालक्ष्मी बैंकले २५ तोला सुन फिर्ता गर्यो

समाचार

काठमाडौँललितपुरकी विष्णु महर्जनले २०७२ फागुनमा ऋण लिँदा राखेको धितो बराबरको २५ तोला सुन फिर्ता पाएकी छन् । ६ वर्ष अघि उनले २५ तोला सुन बैंकमा धितो राखेकी थिइन् ।

साँवा ब्याज पनि तिर्दै गइन् । ६ वर्ष अघि १४ लाख रुपैया ऋण लिएको भएपनि उनले साँवा पनि घटाउँदै गएकी थिइन् ।

काठमाडौको महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखामा राखेको सो सुन महिलाले सावाँ ब्याज सबै तिरेपछि बैंकले नक्कली सुन रहेछ भनेपछि ऋणी महिला प्रहरीकहाँ पुगेकी थिइन् ।

तर अहिले नेपाल राष्ट्र बैंक र प्रहरी परिसर, ललितपुरमा जाहेरी दिएपछि बैंकले सुन फिर्ता दिएको हो । आइतबार विज्ञप्ति जारी गर्दै बैंकले कर्जाको विधि र प्रक्रिया पूरा गर्न समय लागेको भन्दै धितो फिर्ता गरिएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *