अमिताभ बच्चन नेपाल नआउने, यस्तो छ कारण

समाचार

बलिउडका बिग बि अमिताभ बच्चन फिल्म ‘उचाई’को छायांकनको लागि नेपाल नआउने भएका छन् । निर्देशक सुरज बर्जत्यले बिग बि नेपाल आउन नसक्ने बताएका हुन् । उनी आइतबार अपरान्ह २ः१५ बजे नेपाल ल्यान्ड गरेका छन् ।

अमिताभ फिल्म ‘उचाई’ को छायांकन लागि नेपाल आउने खबर थियो । यो फिल्मको छायाँकन मनाङ, मुस्ताङको ४५०० उचाईमा हुनेछ । उचाईमा अमिताभको श्वास प्रश्वासमा समस्या हुने भएपछि उनी नेपाल नआउने भएका हुन् । अमिताभ बाहेक फिल्मका अन्य कलाकारहरु अनुपम खेर, बोमन इरानी र परिणिती चोपडा र डेनी डेन्जोन्पा भने नेपाल आउने छन् । फिल्ममा नीना गुप्ताको पनि मुख्य भूमिका रहनेछ ।

फिल्म उचाई मित्रताको कथा बन्दैछ । यो फिल्मको अक्टोबर ५ बाट छायांकन सुरु हुँदैछ । एक महिना जसो नेपालमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *