आफ्नो अति प्रिय साथी सिद्धार्थलाई अन्तिम विदाई गर्दा शहनाज गिलले होस गुमाइन्

समाचार

एजेन्सीअभिनेता शिद्धार्थ शुक्लालाई गुमाउनु पर्दा अहिले बलिउड शोकमा छ । परिवार र उनका आफन्तलाई निकै पी डा भएको छ । तर सिद्धार्थलाई गुमाउनुपर्दा सबै भन्दा ठूलो पी डा परेको अर्की एक साथी हुन् शहनाज गिल । शिद्धार्थ र शहनाज निकै मिल्ने साथी हुन् । उनीहरुको भेट रियालिटी शो बिगबासमा भएको थियो ।

विहिवार निधन भएका शिद्धार्थको शुक्रवार मुम्बईको ओशिवारामा अन्तिम संस्कार भयो । आफ्नो सबैभन्दा विशेष साथीको अन्तिम संस्कारका लागि शहनाज गिल पुगेकी थिइन् । शहनाज गिल समाधि स्थलमा पुगेका तस्बिर सार्वजनिक भएका छन् ।

शहनाज गिलको स्थिति निकै खराब देखिएको छ । उनी रुँदै आफ्नो सबैभन्दा विशेष साथीलाई अन्तिम बिदाई दिन पुगेकी छिन् । यतिबेला शहनाजलाई उनका भाइले सम्हालिरहेको देख्न सकिन्छ । उनी दिदीसँग समाधि स्थल पुगे । बाहिर मानिसहरु र मिडियाकर्मीको अत्यधिक भीड भएका कारण शहनाजलाई प्रहरी सुरक्षासहित समाधि स्थलसम्म पुर्याइएको छ ।

शहनाज गिल र सिद्धार्थको भेट बिग बस १३ मा भएको थियो । दुबैको दोस्ती निकै गहिरो थियो । उनीहरु एकअर्कामाथि म री मेट्थे । तर अब उनीहरुको जोडी टुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *