अन्तिम सम्म बचाऊ…बचाऊ… भन्दै थिए तर छोडेन कालले, यस्तो छ त्यो रात प्रत्यक्ष देख्ने व्यक्तिको बयान , हेर्नुहोस

भिडियो

काठमाडौंठेकेदार कम्पनी एडभेन्चर जेभीले पुल निर्माणमा ढिलासुस्ती गर्दा पछिल्लो कार दुर्घटनामा चार जनाको ज्यान गएको जिल्ला प्रशासनको ठहर छ । पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै एडभेन्चर जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्ला प्रहरी कार्यालय बाँकेलाई गत साउन २५ गते पत्र लेखेका थिए । तर उनी फरार रहेको भन्दै प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

‘ठेकेदार बाँकेको हो । त्यसैले साउन २५ गते नै बाँके प्रहरीलाई पत्र लेखेर पक्राउ गर्न भनेको थिएँ,’ प्रजिअ कुरुम्वाङले भने, ‘यदि पुल बनेको भए, यो घटना हुने थिएन ।’ ‘ढुंगा, गिट्टी, माटो आवश्यक परे उपलब्ध गराउन मैले सहजीकरण गरिदिने थिएँ । रकम निकासा नभएको भए पनि सडक विभागबाट निकासा गराउन सहजीकरण गरिदिने थिएँ । तर ऊ सम्पर्कमै आएको छैन,’ उनले भने ।

राति करिब १० बजेको समयमा ५ जना सवार प्र ३०१२४ च ४४४० नम्बरको कार नेपालगञ्जबाट घोराही जाँद गर्दा खोलामा आएको बाढीले बगाएको प्रहरीको भनाइ छ । मृत्यु हुनेमा घोराही १३ का वर्ष ३२ कि शुसिला श्रेष्ठ, १४ निवासी वर्ष २९ कि राधिका कुवर, घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र घोराही १४ कि ४० वर्षीया बिमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त कारका चालक घोराही १५ का ४३ वर्षका नरबहादुर पुनको भने घटनास्थलदेखि १ किलोमिटर टाढा खोलामा बगिरहेको अबस्थामा उद्धार गरिएको प्रहरीको भनाइ छ । उनीको खुट्टामा गम्भीर चो ट लागेको प्रहरीको भनाइ छ ।

काममा ढिलासुस्ती भएपछि प्रजिअ कुरुम्वाङले केसीलाई असार २८ गते निर्माणस्थलमै पुगेर काम छिटो सक्न सचेत गराएका थिए । केसीले एक महिनाभित्र काम सक्ने प्रतिबद्धता आफूसँग जनाएको कुरुम्वाङ बताउँछन् । सोही दिन प्रजिअ कुरुम्वाङले केसीको फोटोसहित उनको प्रतिबद्धता आफ्नो फेसबुक वालमा पोष्ट गरेका थिए । तर केसीले काम पूरा गरेनन् । त्यसपछि साउन २५ गते जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्र लेखेर केसीलाई पक्राउ गरेर उपस्थित गराइदिन भनेका थिए ।

सिस्ने खोला पुल निर्माण सम्पन्न गर्न २०७४ सालमा ठेक्का सम्झौता भएको थियो । डिभिजन सडक कार्यालयका अनुसार ७० मिटर लम्बाइको उक्त पुल निर्माणको लागत नौ करोड छ । कोरोना संक्रमणलाई कारण देखाउँदै निर्माण सम्झौतामा थपिएको म्याद गत असारमै सकिएको छ । हाल पुलको ढलान सकिएको छ । सडकसम्म जोड्ने एप्रोच लगायतको काम गर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *