सलमानले सिद्धार्थको मृत्युलाई लिएर मजाक उडाए पछि ….

समाचार

एजेन्सीकहिले काँही सामान्य मानेर गरिएको कुराले अप्ठेरो पार्न सक्छ । कसै ाई खुसी बनाउन गरिएको मजाक वास्तविक बनिदिँदा आलोचना सहनु पर्छ । अहिले बलिउड अभिनेता सलमान खानको त्यस्तै आलोचना भइरहेको छ । उनले भर्खरै दिवंगत भएका बलिउड अभिनेता शिद्धार्थ शुक्लासंग मृत्युको विषयमा मजाक गरेका थिए । उनको त्यो पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा शेयर गर्दै सलमानको आलोचना भएको छ ।

रियालिटी शो बिग बोस सिजन–१३ मा सहभागी भएका थिए शिद्धार्थ शुक्ला । त्यसको होष्ट रेहका सलमान खानले शिद्धार्थ विरामी भएर अस्पताल भर्ना गरेको बेलामा मजाक गर्दै बोलेको शब्द अहिले उनैलाई आलोचना गर्ने माध्यम बनेको छ । उनले मजाक गर्दै भनेका थिए, ‘उनका फ्यानहरुले उनलाई बचाए तर भगवानले बचाइरहेको छैन । सबैले रुँदै भन्नेछन्, असल मान्छे थियो ।’

शिद्धार्थ बिरामी भएर अस्पताल भर्ना भएको बेलामा सलमानले मजाक गर्दै यस्तो भनेका थिए । उनलाई बिग बोस–१३ मा टाइफाइड भएको थियो । उनलाई बिग बोसको घरबाट निकालेर अस्पताल भर्ना गरिएको थियो । हप्ताको वारमा सलमानले भिडियो कल गर्दै सिद्धार्थसँग कुराकानी गरेका थिए । यस्तैमा मजाक गर्दै सलमानले सिद्धार्थको मृत्युको मजाक भएको थियो ।

सो भिडियो शेयर गर्दै फ्यानहरुले सलमानको आलोचना गरेका छन् । विभिन्न प्रकारका प्रतिक्रियासँगै उक्त भिडियो सेयर भइरहेको छ । कतिपयले मृत्युलाई लिएर गरिएको मजाक सही नभएको पनि बताएका छन् ।

बिहीबार हृ’दयघा’तका कारण सिद्धार्थको मृत्यु भएको छ । अप्रत्याशित रुपमा भएको उनको निधनले परिवार त शोकमा छ नै बलिउड क्षेत्रनै शोकमा डु’बेको छ । उनको शुक्रबार मुम्बईको ओशिवारास्थित श्मशान घाटमा ब्रह्मकुमारी रीति रिवाजकासाथ अन्तिम स.स्कार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *