छोरी लाई बिजनेसको जिम्मा दिएर कक्षा १२ को परीक्षा तयारीमा अभिनेत्री करिश्मा मानन्धर

Rochak

काठमाडौंअभिनेत्री करिश्मा मानन्धर अहिले फिल्म सँगै व्यापारमा समेत सक्रिय भएकी छिन् । समाज सेवा, फोटोसुट र अन्य व्यवसायिक गति विधिमा उनको सक्रियता लोभ लाग्दो छ ।

यसैसाता करिश्माले अन्तर्राष्ट्रिय ब्रान्ड इन्टेक्सलाई नेपाल भित्राउँदै व्यापार व्यवसायमा समेत हात हालेकी छिन् ।योसँगै करिश्माको व्यस्तता अहिले पठनपाठनमा पनि छ ।

उनी अहिले भदौ ३० गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारीमा छिन् । परीक्षा नजिकिएपछि अहिले करिश्माले व्यापारको जिम्मा छोरी कवितालाई दिएकी छिन् ।

फिल्म र घरको जिम्मा पति विनोदले हेर्छन् । ‘अब फोन अफ गरेरै भएपनि एक्जामको तयारीमा जुट्न सुरु गर्छु’ नेपाल प्रेससँग उनले भनिन्, ‘अब बल्ल घोटिएर पढ्नुपर्नेछ । दशैंपछि मात्र व्यापार र फिल्मलाई समय दिन पाउँछु ।’

कोभिड–१९ महामारीका कारण स्थगित भएको कक्षा १२ को परिक्षा यही भदौ ३० गतेदेखि हुने भएपछि उनी तयारीमा व्यस्त हुनेछिन् । दशैंपछि केही फिल्मको कममा पनि लाग्ने करिश्माको योजना छ । – नेपाल प्रेस बाट ]

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन् ।

गर्भवती रहेकी ऋचा शर्मा आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेको बताइएको छ । उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन् ।

उक्त शोमा ४ जना निर्णायक छन् । जसमा सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई रहेका छन् । उनीहरु पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *