एमसीसीको विरोधमा अमेरिकी दूतावास अगाडि प्रदर्शन, १२ जना पक्राउ

समाचार

काठमाडौंअमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को वि रोधमा नेपालस्थित अमेरिकी दूतावास अगाडि प्र दर्शन भएको छ । शुक्रबार निषेधित क्षेत्रमा प्रदर्शन गर्न थालेपछि प्रहरीले ‘एमसीसी खारेज अभियान’ का १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सबै पुरुष रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । उनीहरुले नेपालमा एमसीसी नचाहिने सन्देश दिने विभिन्न प्लेकार्ड बोकेर महाराजगञ्जस्थित दूतावास अगाडि प्रदर्शन गरेका थिए ।

एमसीसीकी उपाध्यक्ष फातेमा जे सुमर अर्को साता नेपाल आउने तय भएको छ । उनको साथमा अर्का सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि नेपाल आउने छन् । उनी नेपाल आउने भएसँगै सरकारले एमसीसी पारित गर्न खोजेको हो कि भनेर एमसीसीको विपक्षमा रहेकाहरुले सक्रियता बढाउँदै लगेका छन् ।

अमेरिकाले पाँच वर्षभित्र जलविद्युत् र सडकमा लगानी गर्ने गरी परियोजनामार्फत ५५ अर्ब रुपैयाँ लगानी गर्दै छ । तर सो परियोजना देश हितमा नरहेको भन्दै वि रोध प्र दर्शन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *