यस कारण बस्छ पाठेघर बाहिर बच्चा, हुनसक्छ आमाको ज्यानलाई खतरा

स्वास्थ्य जीवनशैली

काठमाडौँ । कुनै पनि गर्भवती महिलाले आफ्नो स्वास्थ्य जाँच गराउन जादाँ आफ्नो गर्भ पाठेघरभित्र बसेको छ छैन त्यसको समेत परिक्षण गराउनु पर्दछ।

कतिपय अवस्थामा बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । जो आमा र बच्चाको स्वास्थ्यका लागि जोखिमपूर्ण हुन्छ।

समान्यतया बच्चा पाठेघरमा हुर्किन्छ । तर, पाठेघरमा नबसी पाठेघरबाहिर बच्चा बस्यो भने यो जोखिमयुक्त हुन्छ। पाठेघरबाहिर फ्यालोपियन ट्युब हुन्छ।

धेरैजसो अवस्थामा पाठेघरबाहिर बस्ने बच्चा यही ट्युबमा बस्नेगर्छ । यो अवस्था किन खतरनाक हुन्छ त ? यसबारे बुझ्न आवश्यक छ।

पाठेघरबाहिर रहेको गर्भ राम्ररी बढ्न सक्दैन र कुनै पनि बेला यो फुटेर महिलाको पेटमा रगत जम्नसक्छ। यस्तो अवस्थामा महिलाको ज्यानलाई नै खतरा हुनसक्छ।

किन पाठेघर बाहिर बस्छ त बच्चा ?

१) पाठेघरको पहिला संक्रमण भएर ट्युबमा क्षति भएमा ।
२) ट्युबको पहिला शल्यक्रिया भएमा ।
३) बाँझोपनको उपचारबाट गर्भ रहेमा ।
४) पहिले पनि पाठेघर बाहिर गर्भ रहेको भएमा ।
५) कपर टीको प्रयोग गरेको भएमा ।

महिलाहरूको गर्भावस्था आफैँमा जटिल प्रक्रिया हुने भएकाले यसबारे निकै सचेत हुन आवश्यक हुन्छ। किनभने एउटा गर्भ रहँदा त्यहा आमा र बच्चा गरी दुई जीवनको सवाल हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *