यि तीनवटा विमान कम्पनीले महँगो भाडा लिए

समाचार

काठमाडौं । चार्टर्ड उडानको समयमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको छानबिन समितिको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ महामारीको दोस्रो लहरको समयमा चार्टर्डलगायत अन्य अन्तर्राष्ट्रिय हवाई उडानमा तीनवटा विमान कम्पनीले महँगो भाडा लिएका हुन् ।

सरकारले गत वैशाख तेस्रो हप्तादेखि गरेको बाह्य उडानमा गरेको प्रतिबन्धका कारण चार्टर्ड उडान भएको थियो । सो समयमा विमान कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको गुनासो आएपछि सरकारले असार पहिलो साता नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

दुई महिनाभन्दा बढी समय लगाएर समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालालार्ई चार्टर्ड उडानमा यात्रुबाट बढी भाडा लिएको निष्कर्ष निकाल्दै छानबिन प्रतिवेदन बुझाएको थियो । आजको कारोबार दैनिकमा खबर छ ।

कतार एयरवेज, टर्किस एयरलाइन्स र हिमालय एइरलाइन्सले बढी भाडा लिएको छानबिन प्रतिवेदनले औंल्याएको छ । समितिले त्यस कार्यमा संलग्न कम्पनीउपर थप अनुसन्धान एवं कारवाहीका लागि नियामक निकायमा सिफारिस गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सचिव कोइरालालाई बुझाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *