जब ६२ वर्षका बुवाले ३३ वर्ष देखि हराएका आफ्ना छोरा फेला पारे…

समाचार

काठमाडौ । वर्षौ हराएका आफ्ना परिवारका सदस्य भेटिदा कति खुसी मिल्छ त्यो कुरा ६२ वर्षका लोकेन्द्रले महशुष गरेका छन् । आफ्ना छोरा ३३ वर्ष पछि फेला पर्दा उनको खुसीको सिमा छैन । कैलालीमा यो घटना भएको हो । ३३ वर्ष पछि एक युवक आफ्नो परिवार खोज्दै आएका हुन्। उनी अहिले ३८ वर्षका छन्। कैलालीको जानकी नगरपालिका वडा नम्बर ७ का ३८ बर्षका राम बहादुर डगौराले ६२ बर्ष उमेर भएका बुवा लोकेन्द्र भनिने लोकुन डगौरा थारुलाई भेटाएका हुन्।

हराएको ३३ बर्ष पछि सामाजिक सन्जालमार्फत भारतीय सुरक्षा र नेपाली सुरक्षाकर्मीको पहलमा सम्पर्कमा आएका उनले परिवार फेला पारे । सामाजिक सञ्जाल अहिले विश्वका जुनसुकै कुनामा भएकाहरुलाई पनि एक अर्कामा स म्प र्क गर्ने माध्यम बनेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले बिहीवार पत्रकार सम्मेलन गरि कैलालीको जानकी गाउँपालिका वडा नम्बर ७ टीकलीगढ घर भएका डगौरालाई परिवारको जिम्मा लगाएको हो। ६२ वर्षीय लोकुनलाई कैलाली प्रहरीले उद्धार गरेर परिवारसँग पुर्नर्मिलन गराएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार विगत ३३ वर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि उनी वेपत्ता रहेको बुझिएको छ।

गत भदौ ९ गते प्रहरी परिसर टेकु काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले तालुक गृह मन्त्रालयबाट थारु भारतको विहारमा फेला परेको भन्ने सूचना पछि भारतीय पक्षसंग समन्वय गरी उद्धार गर्न कैलाली प्रहरीलाई जानकारी गराएका थिए।

सोही अनुसार कैलाली प्रहरीले लोकुन डगौरा थारुलाई फेला पार्ने भारत विहार राज्य गया जिल्ला बाराचट्टी बस्ने सन्दिप यादव मार्फत जिल्ला प्रशासन कार्यालय पर्सामा हस्तान्तरण गरेको जनाएको छ। त्यस पछि लोकुनका छोरालाई पर्सामा पठाई कैलाली ल्याइएको प्रहरी उपरीक्षक अधिकारीले बताए।

६२ बर्ष उमेर भएका लोकुन डगौरा थारुले सबै कुरा स्मरण गर्न र अभिव्यक्ति गर्न नसक्ने अवस्था भएको एसपी अधिकारी बताउँछन्। डगौराले नेपालबाट भिडियोमा कुराकानी गर्दा आफु टीकापर मनुवा आसपासका हुँ भनेर फोटोसहित च्याटमा पठाएका थिए। उक्त फोटोसहित मनुवा गाउँआसपासमा प्रहरीले घर घरमा गएर सोधपुछ गरेको थियो। उनलाई बिहिबार नै लोकुनका छोरा राम बहादुर डगौरा थारुलाई हस्तान्तरण गरी प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *