पहिरोले घर बगाउँदा एक दम्पतिसहित तीन जनाको मृत्यु

समाचार

काठमाडौं । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पोखराका विभिन्न स्थानमा गएको पहिरोमा परेर ३ जनाको मृत्यु भएको हो । कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षापछि गएका पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घरधनी ४५ वर्षका कृष्ण श्रेष्ठ र उहाँकी श्रीमती ३५ वर्षीया सुनमाया तामाङ रहनुभएको छ । पहिरामा परी उहाँका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् भने घाइते आठ वर्षीय राजकुमारको मणिपाल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुभास हमालले जानकारी दिनुभयो ।

त्यसैगरि पोखरा–११ भञ्ज्याङ नमूना टोलमा पहिराले घर परिँदा घाइते ४२ वर्षीय लक्ष्य नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरामा परी घाइते भएका दुई जनाको उक्त अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार पोखरा–११ काँहुमा पहिराले घर पुरिँदा एकैघरका तीन जना घाइते भएका छन् । अहिले घटनास्थलमा स्थानीय बासिन्दा, प्रहरी र विभिन्न सङ्घ संस्थाको सहयोगमा उद्धार कार्य भइरहेको छ ।

त्यस्तै , पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घर पहिरोमा पुरिदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते भएका उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

पछिल्लो समय मौसममा आएको खराबीका कारण देशभर खत्तरा कायम रहेको छ । गएका केहि दिनमा मौसम सफा भए पनि रातिको समयमा पानी पर्ने गरेको छ । आजको मौसमको कुरा गर्दा हाल देशभर सामान्य बदली रहि प्रदेश नं १ का धेरै र प्रदेश नं२, बागमती प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *