जनतालाई जिउदैँ इट्टाभट्टामा हाल्ने आलमलाई छुटाउने तयारी !

समाचार

प्रधानमन्त्री हुनुभन्दा केहीदिन अघि कांग्रेस सभापती तथा अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवाको एउटा भाषणको व्यापक विरोध भयो । देउवाले उक्त भाषणमा आफ्नो सरकार बनेपछि जिउदैँ ईट्टाभट्टामा मान्छे पोलेको प्रमाणित भई जन्मकैद भोगिरहेका कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री आफ्ताब आलमलाई छुटाउन पहल गर्ने बताएका थिए ।

अहिले देउवा सरकार बनेको छ । स्रोतका अनुसार आलमलाई छुटाउन देउवा सरकार कस्सिएको बताईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यभार सम्हालेलगत्तै अभियुक्त छाडने अभियानलाई प्राथमिकतामा राखेको तथ्य बाहिरिएको छ ।

देउवा सरकारका गृहमन्त्री बालकृष्ण खाँणले रौतहतको इटाभट्टामा जिउँदै मान्छे जलाएको अभियोगमा जेल सजाय कटाइरहेका कांग्रेस नेतालाई कारागार व्यवस्थापन बिभागकै महानिर्देशकलाई भेटन पठाएपछि देउवा सरकारको ध्यान अभियुक्त छाडनेतिर केन्द्रित रहेको तथ्य बाहिर आएको हो ।

स्रोतका अनुसार हृहमन्त्री खाँणको निर्देशनलगत्तै कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणि पोखरेलले हत्या अभियोगमा ललितपुरस्थित नख्खु कारागारमा सजाय काटिरहेका कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई भेटेका छन् ।

समाचारसूत्रहरुका अनुसार महानिर्देशक पोखरेलले एक सहयोगीसँगै कैद जीवन बिताइरहेका आलमलाई बिहीबार कारागारको विशेष कक्षमा बोलाएर कुराकानी गरेका हुन् ।

कारागार बिभागका अधिकारीहरुले गृहमन्त्री खाँणको निर्देशनपछि अभियुक्त आलमलाई भेट्न पोखरेल नख्खु कारागार पुगेको दावी गरेको बताइएको छ ।

नख्खु कारगारका जेलर चिरञ्जीवी गिरीले महानिर्देशक पोखरेल कारगार आइपुगेको पुष्टि गरेका छन् । बिभिन्न् सञ्चारमाध्यमसँगको प्रतिक्रियामा उनले पोखरेल कारागार आएको पुष्टि गरेका हुन् ।

प्रधानमन्त्री देउवाले केही समयअघि रौतहटमै पुगेर आलम छुटाउन पहल गर्ने सार्वजनिक घोषणा गरेका थिए ।

अदालतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएलगत्तै उनले आलमसहित बिभिन्न मुद्धामा रहेका कांग्रेस नेताहरुलाई छुटाउने र अदालतमा सेटिङ गरेर मुद्धा जिताउने अभियान अघि बढाएको केही दिनका घटनाले पुष्टि गरेको छ ।

गृहमन्त्रीले मन्त्रालयको बिषयमा ब्रिफिङ नसकिदै कारागार ब्यवस्थापन बिभागकै प्रमुखलाई अभियुक्त भेटन जेलमै पठाएपछि सरकारको दिशा कामतिर होइन, अभियुक्त छुटाउनतिर रहेको देखिएको हो ।

यसअघि देउवा प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिन नै बालुवाटार जग्गा प्रकरणमा १० करोड बिगो माग दावी गरिएका र एक बर्षदेखि फरार सूचीमा रहेका कांग्रेस नेता बिजयकुमार गच्छद्धार अदालत उपस्थित भइ १० लाख धरौटीमा छुटेका छन् ।

गृहमन्त्रीले मन्त्रालयको बिषयमा ब्रिफिङ नसकिदै कारागार ब्यवस्थापन बिभागकै प्रमुखलाई अभियुक्त भेट्न जेलमै पठाएपछि सरकारको दिशा कामतिर होइन, अभियुक्त छुटाउनतिर रहेको देखिएको हो ।

देउवा प्रधानमन्त्री भएपछि आलमका समर्थकले गाउँमा आतंक नै मच्चाउन थालेको समाचार यसअघि नै सार्वजनिक भइसकेको छ । आलमका समर्थकले रौतहट राजापुरस्थित गाउँमा घटनाका साँक्षी धम्काउने र आक्रमण गर्नेसम्मका काम गरेका छन् ।

गृहमन्त्रीको यो कामसँगै राजापुरमा थप आतंक मच्चाइने र पीडितमाथि खतरा बढ्ने संकेत समेत पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *