पर्सि देखि फेरि बन्द : सहि कि गलत ।

समाचार

पर्सि देखि फेरि बन्द : सही की गलत ? काठमाडौ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र निषेधाज्ञा हुँदै खुल्ने क्रममा छ । तर यो संगै संक्रमितको संख्या पनि बढ्दै जान थालेको छ ।

यो अवस्थामा अब काठमाडौमा जारी रहेको निषेधाज्ञा के हुन्छ भन्ने जिज्ञासा पनि उत्तिकै छ । प्रमुख जिल्ला अधिकारीहरुले यस विषयमा अहिले कुनै छलफल सुरु नभएको जनाएका छन् ।

तर संक्रमितको संख्या बढ्दै गएका कारण फेरी पनि निषेधाज्ञा थप्न सकिने संभावना भने ब्यक्त गरेका छन् । ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोनाको संक्रमणदर बढेपछि निषेधाज्ञामा जान सकिने तर्फ संकेत गरेका हुन् ।

प्रजिअ निरौलाले भने , ‘ कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा हुन सक्छ । हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन । हामी असारको ३० र ३१ गते बसेर यस विषयमा छलफल गछौं । ‘

*** अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला ***

Leave a Reply

Your email address will not be published. Required fields are marked *