नारायणी किनारतर्फ गइरहेको प्रत्यक्ष्य देख्नेले दिए यस्तो जानकारी, सिसिटिभी फुटेजमा के देखियो ?

समाचार

काठमाडौ । गत असार १४ गते भरतपुरबाट हराएकी विना सापकोटा अझै फेला परेकी छैनन् । भरतपुर र आसपासमा राखिएका सरकारी सीसीटीभी क्यामेराले काम नै नगरेका कारण उनको खोजी गर्न प्रहरीलाई पनि समस्या भएको छ । उनलाई केही दिन अघि भाटभटिनी अगाडी सडकमा एक्लै हिँडेको भिडियो बाहिरिएको थियो ।

सरकारी क्यामेराले काम नगरेका कारण प्रहरीले वजार क्षेत्रमा जडान गरिएका नीजि सीसीटीभी क्यामेरामा उनी कतै देखिएकी छन् की भनेर खोजी गरेको छ । एक पसलमा राखीएको सीसीटीभी क्यामेरामा उनी राती नारायणी नदी किनारतर्फ जाँदै गरेको देखिएको छ । विनाको मोवाइल फुटेको अवस्थामा उनका प्रेमी प्रवेश कँडेलसंग फेला परेको थियो । उनका प्रेमीलाई प्रहरीले पक्राउ गरेको थियो । अहिले उनी अस्पतालमा भर्ना छन् ।

असार १४ गते प्रेमी प्रवेशसंग विवाद भएपछि हिँडेकी विना भाटभटिनीको सिसीटीभी क्यामेरामा देखिएपछि अहिले नारायण नदि किनारतर्फ जाँदै गरेको अर्को क्यामेरामा पनि देखिएकी हुन् । बाबु जयश्वर सापकोटा र उनका परिवारले छोरीको खोजी जारी राखेका छन् । उनी नारायणगढस्थित नारायणी किनार नजिकैको एक पसलले राखेको सिसिटिभी क्यामेराको रेकर्डमा देखिएकी हुन् ।

आफुसंग मोवाइल नभएका कारण उनले अरु कसैसंग फोन मागेर प्रवेशलाई फोन गरेको पनि अनुसन्धानवाट खुलेको छ । राति ८ बजेर ४१ मिनेटमा विना नारायणी नदीको किनारतर्फ जाँदै गरेको भिडियोमा देखिएको प्रहरीले जनाएको छ ।

विनाले नारायणगढको लीलाचोक नजिकका एक व्यक्तिसँग फोन मागेर प्रवेशसँग कुराकानीसमेत प्रहरीले पत्ता लगाएको छ । उनले प्रवेशसंग ११ सेकेण्ड कुरा गरेको देखिएको प्रहरीले जनाएको छ । त्यसपछि उनी नारायणी नदि किनारतर्फ लागेकी थिइन् । त्यहाँ वरपरका ब्यक्तिले रातीको समयमा युवती नदि किनारतर्फ लागेको देखेपछि शंका गरेर उनको खोजी पनि गरेको बताएका छन् ।

नारायणी नदीको किनारमा रहेको बुद्धको मूर्तितर्फ गइरहेको देखेका स्थानियले लाइट बालेर एकछिन पछि खोजी गर्दा फेला नपारेको वयान प्रहरीलाई दिएका छन् । नदीकिनारतर्फ गएकी भेटिएपछि प्रहरी र आफन्तले त्यस आसपासमा विनाको खोजी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *