आमालाई मा’र्न भिरको टुप्पोमा पुर्याएपछि आमाले भनिन्- छोरा तिमी फर्कने बाटो अफ्ठेरो छ नलडी जानु है !

Rochak

एउटा गरिब किसान र उसकी बूढी आमा एउटा पहाडको फेदीमा बस्थे । अन्न उब्जाउनको लागि उनीहरू-संग एउटा सानो टुक्रा जमिन थियो र उनीहरू विनम्र, शान्त र खुसी थिए ।

उनीहरू बस्ने साइनिंग प्रान्तमा एउटा निरंकुश राज्यपालले शासन गर्थ्यो जो वृद्ध मानिसहरूको स्वास्थ्यवस्था र कमजोरी देखेर कायर जस्तै गरी ड’राउँथ्यो ।यसले गर्दा एकदिन उसले एउटा क’ठोर घोषणा गर्यो । उसले पूरै प्रान्तका बूढाबूढीहरूलाई तुरुन्तै मा’रिदिनू भन्ने व्यहोराको आदेश दियो ।

वास्तवमा त्यो ब’र्बरिक काल थियो र बूढा-बूढीहरूलाई म`र्नको लागि एक्लै छाड्नु सामान्यनै थियो ।गरिब किसानले भने आफ्नी आमालाई तनमनका साथ माया गर्थ्यो र यस्तो क’ठोर हु’कुम सुनेर उसको मन वे’दनाले भरियो । तर कसैले पनि राज्यपालको आदेशलाई नकार्न सक्दैनथ्यो ।

त्यसैले उक्त नौजवानले आफ्नी आमालाई त्यो समयमा सबैभन्दा दयालु मानिने मृ’त्यु दिनको लागि तयारी गर्यो ।सूर्यास्तमा, जब उसको दैनिक कार्य सकियो तब उसले केहि अन्नसहित आफ्नी असहाय आमालाई बुइमा बोक्यो र पहाडको चुचुरोतर्फको द’र्दनाक यात्रा सुरु गर्यो ।

बाटो निकै लामो र अप्ठ्यारो खालको थियो । अनेकौ साँघुरा बाटाहरूले गर्दा धेरै ठाउँमा ऊ अल्मलिन पुग्यो पुग्यो र कतिपय ठाउँमा बाटो बि’रायो पनि । तर उसले त्यसको वास्ता गरेन ।जुन-सुकै बाटो गए पनि उसलाई केही फरक पर्दैनथ्यो । उकालोमा ऊ अ’न्धाधुन्ध अगाडि बढिरह्यो ।

उक्त पहाडको शिखरमा ना’ङ्गो भाग थियो जहाँ छोरा-छोरीले आफ्ना आमा-बाबुलाई लगेर एक्लै छाडिदिन्थे र ऊ त्यतैतर्फ लागिरहेको थियो ।बूढी आमाको आँखा त्यति ध’मिला त थिएनन् तर छोराले अलमलमा एकपछि अर्को बाटो परिवर्तन गर्दै अघि बढेको देखेर उनको प्रेमिल हृ’दय अत्यन्तै अ’त्तालिन थाल्यो ।

उनको छोरालाई पहाडका बाटाहरूबारे राम्रो ज्ञान थिएन र उसलाई फर्किने बेलामा ख’तरा हुनसक्छ भन्ने चिन्ताले उनले अगाडि बढ्दै गर्दा आफ्नो हातले भ्याउने ठाउँको रुखविरुवाका हाँ’गाविंगाहरू नि’मोठिन् र केहि पाइला क’ट्ने बित्तिकै बाटोमा खसाउँदै गइन् ।

यसले गर्दा उनीहरूले छोडेर गएको साँ’घुरो बाटोको ठाउँ-ठाउँमा हाँ’गाविंगाहरूको थुप्रो देख्न सकिन्थ्यो । अन्त्यमा उनीहरू पहाडको टुप्पोमा पुगे । थ’कित र नि’राश किसानले विस्तारै आफ्नी आमा-लाई भुइँमा बि’सायो र आमा-प्रतिको आफ्नो अन्तिम क’र्तव्य पूरा गर्नेको लागि उसले एउटा आराम-दायी ठाउँ खोज्यो ।

भुइँमा झ’रेका सल्लाका पातहरू-लाई जम्मा गर्दै उसले वि’छ्यायो र आफ्नी बूढी आमा-लाई उठाएर त्यसमाथि राख्यो । त्यसपछि आँ’शु भरिएका आँखा र दु’खिरहेको मुटु लिएर उसले आमाबाट विदा माग्यो ।छोरालाई आफ्नो अन्तिम आदेश दिनेबेलामा निस्वार्थ मायाले भरि-पूर्ण आमाको आवाज काँ’पिरहेको थियो ।

‘तिम्रा आँखाहरू कहिल्यै पनि क’मजोर नहुन् मेरो छोरा!’, उनले भनिन् । ‘पहाडको बाटो ख’तरा नै ख’तराले भरिपूर्ण छ । सा’वधानीपूर्वक हेर्दै हिंड र जुन बाटोमा रुखविरुवाका हाँ’गाविंगाहरू थुप्रिएका छन् त्यहि बाटोलाई पछ्याउँदै जाऊ ।तिनी हरूले तिमीलाई घरसम्म पुर्याउने छन् ।

’छोराका भा’वविभोर आँखाहरूले पछाडि बाटोतर्फ हेरे र त्यसपछि फु’टेका र चाउरी परेका बूढी आमाको कर्मशील हातहरूलाई हेरे । भित्रभित्रै उसको मन छि’याछिया भयो र भुइँतिर शिर नि’हुर्याउँदै उसले वि’लाप गर्यो-‘ए मेरी आदरणीय आमा, हजुरको ममता देखेर मेरो मुटु नै टु’क्राटुक्रा हुन्छ !

म हजुरलाई एक्लै छोडेर जान सक्दिन । हामी संगै घरसम्मको बाटो पत्ता लगाउनेछौं र म’र्नु परे बरु संगै म’र्नेछौं । ’ उसले फेरी एकपल्ट आफ्नो भारीलाई बो’क्यो(कति हलुङ्गो लाग्यो उसलाई आफ्नी आमा!) र जूनेली प्रकाशमा आमाले भुइँमा झा’रेका हाँ’गाविंगालाई पछ्याउँदै तल उपत्यकामा रहेको आफ्नो सानो झु’पडीतर्फ लाग्यो ।

उसको भान्छा कोठाको कुनामा खानेकुराहरू भण्डारण गर्नको लागि एउटा गोप्य भण्डार थियो जो ह’त्तपत्त कसैको नजरमा पर्दैनथ्यो । उसले आफ्नी प्यारी आमालाई त्यहीं लु’कायो । उसले आमालाई आवश्यक पर्ने सबै कुराहरू लागिदिन्थ्यो र आफूले लु’काएको कुरा कसैले पत्तो ल’गाउला भनेर सतर्कता अपनाउँथ्यो ।

समय बि’त्दै गयो र उसले सु’रक्षीत महसुस गर्दै गयो । तर त्यतिबेला नै राज्यपालले आफ्नो श’क्ति दर्शाउने हे’तुले फेरी अर्को अविवेकी आदेश दियो । उसको माग थियो कि उसका सबै रैतीले ख’रानीको डोरी बनाएर उसलाई भेटी चढाउनुपर्ने थियो ।ड’र र त्रा’सले गर्दा सारा प्रान्त नै थ’रथर काँ’प्यो ।

आज्ञा बा’ध्यात्म’कारी थियो र पूरै सा’इनिंग प्रान्तमा कसले पो ख’रानीको डो’री बनाउन सक्थ्यो र? अत्तालिएको किसानले एक रात आफ्नी आमालाई रा’ज्यपालको त्यो अचम्मलाग्दो आ’देशबारे बतायो । उनले ‘पर्ख!’ ‘म यसबारे सोच्नेछु । म सोच्नेछु’ भनिन् ।

अर्को दिन उनले छोरालाई ख’रानीको डोरी बनाउने उपाय बताइन् ।उनले भनिन्, ‘परालको डोरी बाट’ । ‘त्यसपछि चे’प्टा ढुंगाहरूमा राखेर त्यसलाई सिधा पार र एउटा हावा नचलेको रात पारेर आ’गो स’ल्काऊ’| किसानले मान्छेहरूलाई भेला पारेर आमाले भनेजस्तै गर्यो र आ’गो निभेपछि ढुंगामा ख’रानीको डोरी बन्यो ।

राज्यपाल किसानको बुद्धि देखेर प्रशन्न भयो र सबैको अगाडि निकै प्रशंसा गर्यो ।र उसले यो जान्न खोज्यो कि कहाँबाट उक्त किसानले त्यस्तो ज्ञान प्राप्त गरेको थियो । किसानले सोच्यो- ‘अब अन्ततः मैले सबै सत्य भन्नै पर्छ’ र उसले आफ्नो सबै कथा खोल्यो ।

राज्यपालले सविस्तार सुन्यो र त्यसपछि मौनधारण गर्दै गहिरो सोचमा डु’ब्यो ।धेरैबेरपछि उसले आफ्नो शिर उठायो र ग’म्भीर मुद्रामा भन्यो – ‘हाम्रो प्रान्तलाई युवाहरूको ब’लले मात्र पुग्दैन रहेछ’, ‘शायद मैले ‘केश फुल्दै गएपछि मान्छेमा ज्ञान पनि बढ्दै जान्छ; भन्ने भनाइलाई बि’र्सेछु ।

यति भनेपछि उसले त्यतिखेर नै आफ्नो क’ठोर नियमलाई अन्त्य गर्यो र वृद्धवृद्धाहरूलाई मा’र्नुपर्ने व्यवस्थाको अन्त्य भयो । कथा मन परेमा शेयर गरेर आमाको सम्मान गरौं कथा – जापानी कथा लेखक मा’त्सुओ बा’शो ( अनुवादक अनुप जोशी ) – (साङ्केतिक फिचर तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *