कुलमान घिसिङको खण्डन

राजनीतिक

काठमाडौं । नेपाल आयल निगमको कार्यकारीमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिको हल्ला चलेसँगै घिसिङले त्यसको खण्डन गरेका छन्।मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएकै दिन घिसिङलाई आयल निगमको कार्यकारी निर्देशक बनाउनुपर्ने बिषय सामाजिक संजालमा चर्चा चलेसँगै उनले त्यसको खण्डन गरेका हुन्।

आयल निगमको कार्यकारी निर्देशकमा कुलमानको नाम चर्चामा आएपछि उनले सामाजिक संजालमा आफ्नाबिरुद्ध भ्रमपूणर् समाचार आइरहेको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्-‘मेरोबारेमा गलत समाचारहरु सामाजिक सञ्जालमा आइरहेकोले यस्ता गलत समाचारहरुमा विश्वास नगरिदिनुहुन हार्दिक अनुरोध छ ।’

हाल नेपाल आयल निगमको कार्यकारी निर्देशक सुरेन्द्र पौडेल छन् । त्यस्तै काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले जारी निषेधाज्ञा साउन १० गते सम्म थप गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भटटराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने भएका छन् । यसअघि नै काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोरबिजोर प्रणालीको नियम हटाई सकिएको छ । यातायात सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।गाडी भित्र बस्दा यात्रुले मास्क, सेनिटाइजरको प्रयोग र सामाजिक दूरी कायम अनिवार्य गर्नुपर्ने छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि बिहीबार राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *